त्रिशूलीबजार, नुवाकोट बुद्धिचाल सङ्घको आयोजनामा जिल्लास्तरीय रेपिड रेटिङ चेस प्रतियोगिता साउन १९ र २० गते याङ्ग्रा होटेल ढुङ्गेमा हुने भएको छ । विदुर नगरपालिका-१ ले मुख्य प्रायोजन गरेको प्रतियोगिता ढुङ्गेमा सञ्चालन हुँदै छ ।
प्रतियोगितामा ट्रफीसहित कुल नगद पुरस्कार ५० हजार भन्दा माथि रहेको छ । प्रतियोगिताको मूल उद्देश्य जिल्लाभित्रको खेलाडीलाई आ–आफ्नो खेलस्तरअनुरूप अन्तर्राष्ट्रिय रेटिङ प्राप्त गर्न अवसर प्राप्त होस् भन्ने रहेको आयोजकले जानकारी दिएको छ । उक्त अवसरका लागि रेटिङ प्राप्त गरिसकेका आवश्यक खेलाडीसँग खेल्नुपर्ने अन्तर्राष्ट्रिय फिडे नियम भएकाले केही जिल्लाबाहिरका खेलाडीलाई वाइल्ड कार्डमार्फत प्रतियोगितामा समावेश गराउने निर्णय जिल्ला बुद्धिचाल सङ्घले गरेको छ । सो अवसरलाई जिल्लाभित्रका सम्पूर्ण चेस खेलाडीलाई सहभागिताका लागि सङ्घघले आग्रह गरेको छ । प्रतियोगितामा जिल्लाबाहिरबाट खेल्न आउने खेलाडीलाई खाना र बस्नको सुविधा दिएका छौँ र उनीहरूलाई दर्ता शुल्क एक हजार रुपैयाँ अनि जिल्लाभित्रको खेलाडीलाई तीन सय रुपैयाँ र विद्यार्थीलाई एक सय रुपैयाँ दर्ता शुल्क तोकिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको पहिलो पुरस्कार १० हजार रुपैयाँ तारकेश्वर गाउँपालिका-१ का समाजसेवी सुदीप घिमिरेबाट, तेस्रो पुरस्कार नेपाल अस्पताल विदुर ढुङ्गेबाट र त्यस्तै प्रतियोगिताको ट्रफी, लकेट र प्रमाणपत्र नवकान्तिपुर भलाइ तथा इन्भेष्टमेन्ट कम्पनी प्रालि काठमाडौंबाट सहप्रायोजन रहेको छ ।






प्रतिक्रिया