+
Search

ताजा अपडेट +

पपुलर +

पुस्तौँदेखि ह्युमपूजा जगेर्नामा स्थानीय

पुस्तौँदेखि ह्युमपूजा जगेर्नामा स्थानीय
त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ साबिकको सदरमुकाम धुन्चेका स्थानीय बासिन्दाले पुर्खादेखि सञ्चालन गर्दै आएको ह्युमपूजालाई महत्वकासाथ जगेर्ना गरिरहेका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

धुन्चे छ्योलिङ गुम्बाका लामा गुरु श्रीलामा रिन्जेन घलेका अनुसार स्थानीयले चारवटा समूह बनाई पालैपालो वार्षिक तीनवटा पाठपूजा गर्दछन् । त्यसमध्ये पहिलो पूजा त्रिपाठग्रन्थ, ह्युम पाठ गर्ने पूजा र स्थानीय बुद्ध धर्मअनुसार गिन्ती गरिने साउन महिना (दावा ङापा)को एकादशीबाट सुरु भई गुरुपूर्णिमाको दिन सम्पन्न गर्ने चलन-चल्ती रहेको छ । यस पूजामा लामा धर्मगुरुको उपस्थितिबाट त्रिपाठ ग्रन्थ (ह्युम) पुस्तक पढ्ने गर्दछन् । यो पाठको विशेषता भनेको हिउँदे समयको अन्तिम र वर्षात् ऋतु सुरु गरेको अवस्थामा रूख, बिरुवा पलाउने जाडोमा महिनामा खुम्चिएर जमिनभित्र रहेका किरा फट्याङ्ग्रो गर्मीको महसुस गरी बाहिर निस्कने गर्दछन् । राष्ट्रिय चिह्नअङ्कित लालीगुराँस फूल फुल्ने वनजङ्गल हरियाली वातावरण स्वदेशी तथा विदेशीको आगमन हुने समयको रूपमा पनि लिइन्छ । यस कार्यक्रम पाँच दिनसम्म मनाइन्छ पहिलो दिन लामाहरू आफ्नै वेशभूषा र गरगहनाको पहिरनमा सजिएर माने गाउने, गीत गाउने, पुस्तक र नाङ्लामा विभिन्न सजाएको फलफूल र अन्य सरसामानको प्रसाद बोकी बजार परिक्रमा गर्ने चलन रहेको छ ।

Suzuki New Bike & Scooter

पाँच दिनको अवधिमा लामा, लाखेनाचसमेत प्रदर्शन गरिन्छ । त्रिपाठ ग्रन्थ (ह्युम) पुस्तकमा भएका विभिन्न शब्दले मानवजाति/किरा/फट्याङ्रा/वन्य जीवजन्तुु पशुपन्छीमा लाग्ने रोगव्याद हटेर गई सुख, शान्ति दीर्घायु होस् भन्ने कामना गरेर विशेष पूजा गरिन्छ । पूजा अवधि पाँच दिनसम्म लगातार लाखबत्ती बाल्नुका साथै विभिन्न आशिक (मूलम) पाठ गर्नुको साथै सो अवधिभर लामा धर्मगुरुले माछा/मासु/लसुनबाहेकको भोजन खाना मात्रै खान्छन् । अन्तिम दिनमा उपस्थित सम्पूर्णलाई आयोजकबाट साधारण भोजन वितरण र लामा गुरुबाट आशिक प्रसाद वितरण गर्दै कार्यक्रम समापन गरिन्छ । बुद्धधर्मअनुसार कात्तिक महिना (दावा ग्येपा)को त्रयोदशीदेखि अष्टमीको चार दिनसम्म न्युङनेपुजा व्रत बस्ने कार्य भई यो पूजाको विशेषता हिन्दू धर्मअनुसार दसैँै पर्व पर्ने भएकाले अधिकतम सङ्ख्यामा पशुपन्छीले जन्म लिन पाऊन्, मानव जातिले पनि पुनर्जन्म पाऊन् भनी व्रत बस्ने गरिन्छ । व्रतका लागि लामा धर्मगुरु र माने आमा उपस्थिति भई नमो अवलोकनेश्वरी (चेङरास्टि)को माने जप गरी एक अर्कोमा बोल्ने चलनसमेत बन्द गरिन्छ । २४ घण्टासम्म व्रत बस्नेले पानीसमेत पिउँदैनन् । पूजा अवधिभर लाखबत्ती र आशिष (मूलम) पाठ निरन्तरता गर्ने गरिन्छ । अन्तिम अष्टमीका दिन गाउँलेलाई साधा भोजनका साथ आशिष–प्रसाद वितरण गरी कार्यक्रम समापनको घोषणा गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह