+
Search

ताजा अपडेट +

पपुलर +

ज्येष्ठ नागरिक केन्द्र आठ वर्षपछि पुनः सञ्चालन

ज्येष्ठ नागरिक केन्द्र आठ वर्षपछि पुनः सञ्चालन
त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५ थाम्बुचेतमा रहेको हिमालयन मानव सेवा समाजद्वारा सञ्चालित ज्येष्ठ नागरिक सेवा केन्द्र भूकम्प गएको आठ वर्षपछि पुनः गत असार २२ गतेदेखि सञ्चालनमा आएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

गाउँपालिकाको संरक्षकत्वमा रहेको उक्त संस्था ०७१ मा सातजना ज्येष्ठ नागरिकबाट सुरु भएको सेवा केन्द्रको भौतिक संरचना ०७२ को भूकम्पले भत्काइदिएको थियो । आठ वर्षपछि पक्की भवन बनेपछि असार २२ गते विधिवत् रूपमा उक्त केन्द्रको उद्घाटन भएको हो । हाल पाँचजना बेसहारा ज्येष्ठ नागरिक यस सेवा केन्द्रमा आश्रित रहेका छन् । ‘अरू बेसहारालाई पनि सेवा प्रदान गर्छौँ,’ हिमालयन मानव सेवा समाजका अध्यक्ष बालकृष्ण श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई भने । संस्थाको भवन उद्घाटनमा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरे, समन्वय उपप्रमुख विजय लामा, गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ, आमाछोदिङ्मो गाउँपालिका प्रमुख बुचुङ तामाङ, उत्तरगया गाउँपालिका प्रमुख माधव अर्याल, आमाछोदिङ्मो गाउँपालिका उपप्रमुख चण्डिका तामाङ, जिल्लास्थित तीनवटै राजनीतिक दलका प्रमुख, वडाका वडाध्यक्षलगायत आमन्त्रित सरोकारवालाको उपस्थिति रहेको थियो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह