+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेश वन तथा वातावरणमन्त्री नुवाकोटमा

प्रदेश वन तथा वातावरणमन्त्री नुवाकोटमा
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, वन र वातावरणीय क्षेत्रका गतिविधि र भए–गरेका कार्यको बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्काले अनुगमन गरेकी छिन् । बुधबार डिभिजन वन कार्यालय विदुर नुवाकोट र भू तथा जलाधार व्यवस्थापन कार्यालयले आ-आफ्नो कार्यालयको गत आर्थिक वर्षको कार्यक्रम प्रस्तुत गरेका थिए ।

डिभिजन कार्यालयका सहायक वन अधिकृत कमल घिमिरे र जलाधार व्यवस्थापन कार्यालयका इन्जिनियर पर्वत डङ्गोलले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसको सहजीकरण डिभिजन वन कार्यालय प्रमुख दीर्घनारायण कोइराला र भू तथा जलाधार व्यवस्थापन कार्यालय प्रमुख राजु दाहालले गरेका थिए । कार्यक्रममा किसानलाई वन्यजन्तु बाँदर, बँदेल, दुम्सी, मृगलगायतको बढ्दो क्षतिलाई नियन्त्रण गर्न नसकेका व्यापक गुनासोलाई समाधानका लागि मन्त्रीसमक्ष प्रस्ताव राखिएको थियो । वन्यजन्तुबाट किसान अत्यधिक पीडित रहेकाले उनीहरूले आफ्नो कर्म छोडेमा जिल्लाका खेतबारी बाँझोमा परिणत हुने बताइयो । ती वन्यजन्तुले धेरै समस्या पारेको गुनासो आएको डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख दीर्घनारायण कोइरालाले जिल्लाको तथ्याङ्कसहित बताएका थिए ।

वन, वातावरण तथा किसानका समस्या समाधानका लागि सङ्घीय सरकार र प्रदेश सरकार लागिपर्ने बागमती प्रदेशका वन तथा वातावरणमन्त्री खड्काले बताइन् । सामुदायिक वन उपभोक्ता समूहले तिर्नुपर्ने तिरो कर, प्यानको व्यवस्था, ठूला आयोजनाले तिर्ने राजस्व समूहलाई दिलाउने गरी कार्य अगाडि बढ्ने मन्त्री खड्काले बताइन् । वन क्षेत्रको संरक्षण, संवद्र्धन र सदुपयोगका लागि आफूले हुर्काएको सालको काठ आफ्नै घर निर्माण गर्न ०५८ सालदेखि नपाएको उक्त निर्णय फुकुवा गरी सहज बनाउने तयारी भइरहेको प्रदेशमन्त्री खड्काले सम्बोधनको क्रममा बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह