+
Search

ताजा अपडेट +

पपुलर +

विद्यार्थीलाई सेनाको तालिम

विद्यार्थीलाई सेनाको तालिम
त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, नेपाली सेनाले रसुवाको कालिका गाउँपालिका–५ जिबजिबेको नीलकण्ठ नमुना माविका विद्यार्थीलाई जुनियर डिभिजनको सयदिने राष्ट्रिय सेवा दल (एनसिसी)सम्बन्धी तालिम दिइरहेको छ । साउन १ गते सोमबारदेखि सुरु भएको तालिम सय दिन चल्ने नेपाली सेनाको विष्णुदल गणका गणपति प्रमुख सेनानी विक्रम थापाले जानकारी दिए ।

Satkar Machinery Center
Utsuk Books & Stationery

तालिमलाई सेनाले ४९औँ राष्ट्रिय सेवादल जुनियर डिभिजन तालिम भनेको छ । जुनियर डिभिजन तालिममा नीलकण्ठ नमुना माविमा कक्षा ८, ९ र १० मा अध्ययनरत ३६ छात्रछात्राको सहभागिता रहेको छ । विष्णुदल गणले युवा वर्गलाई अनुशासित, वफादार, इमानदार बनाउने, राष्ट्रिय एकताको भावना, नेतृत्व क्षमता विकास, विपत्को समयमा उद्धार तथा राहत कार्यमा स्वयम्सेवकको रूपमा परिचालन गर्ने लक्ष्यसहित विद्यार्थीलाई बर्सेनि राष्ट्रिय सेवादलको तालिम दिने गरेको छ । तालिमको शुभारम्भ गर्दै विष्णुदल गणका गणपति प्रमुख सेनानी थापाले नेपालमा धेरै पहिलादेखि नै एनसिसी तालिम सञ्चालन भएको बताए । उनले पहिले सिनियर डिभिजन तालिम मात्रै सञ्चालन हुँदै आएकामा ०७१ सालदेखि जुनियर डिभिजनको तालिम पनि सञ्चालन गरिएको बताउँदै विद्यार्थीलाई पाठ्यक्रमअनुसार नै प्रशिक्षण दिइने एल्लेख गरे । शुभारम्भ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले तालिम ७९ दिनसम्म स्कुलमा र २१ दिन केन्द्रमा हुने जानकारी दिए । तालिमको उक्त कार्यक्रममा कालिका गाउँपालिका– ५ का वडाध्यक्ष सन्दीप पौडेलले तालिमलाई प्रभावकारी तवरले सञ्चालन गर्नुपर्ने बताउँदै अनुशासनपूर्वक तालिममा सहभागी भएर सक्रियताका साथ तालिम लिन सहभागी विद्यार्थीलाई सुझाव दिए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह