+
Search

ताजा अपडेट +

पपुलर +

स्नाकोत्तर अध्ययनरत विद्यार्थी रसुवामा

स्नाकोत्तर अध्ययनरत विद्यार्थी रसुवामा
त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, सामाजिक कार्य विभाग, त्रिभुवन विश्व विद्यालयमा सामाजिक कार्य विषयमा स्नाकोत्तर अध्ययनरत ३९ जना विद्यार्थीको टोली दुई हप्तादेखि रसुवा जिल्लाको विभिन्न स्थानमा शैक्षिक अध्ययन एवम् अनुसन्धानको लागि रहेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

गोसाइकुण्ड गाउँपालिका वडा नं.–६ धुन्चे र यस वरपरका स्थान साथै वडा नं.-५ स्याफुवेंशीलगायतका स्थानमा शैक्षिक अध्ययन एवम् अनुसन्धानको श्रावन २ गते धुन्चे आईपुगेका थिए । विद्यार्थी टोलीले हाईल्याण्ड आबासीय माध्यमिक विद्यालयको सभाहलमा अध्ययन एवम् अनुसन्धानबाट आएका मुख्य निस्कर्षमा आधारित रही अन्तरक्रिया तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । सामाजिक कार्य विभाग, त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक प्रतिक शर्मा लामिछानेको टोलीलाई स्वागत गर्दै जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामाले सामाजिक कार्य विषयको अध्ययन तथा अनुसन्धानको लागि यस क्षेत्रलाई छनोट गर्नुभएकोमा धन्यवादसहित सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा विद्यार्थीको अध्ययन तथा अनुसन्धानबाट आएका मुख्य निस्कर्षमा आधारित रही अन्तरक्रिया कार्यक्रम भएको थियो । जसमा बालबालिका, युवा, परिवार, महिला, ज्येष्ठ नागरिकको शारिरीक एवम् मानसिक स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका विषयमा यस क्षेत्रको घटना, नीति तथा कार्यक्रम साथै आगामी योजनाको बारेमा छलफल, प्रतिक्रिया, सल्लाह, सुझावका साथ अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा सामाजिक कार्य विभाग, त्रिभुवन विश्व विद्यालयका विद्यार्थी साथै Chain for Change संस्थाका अध्यक्ष अभिषेक शाहीद्वारा रसुवा मा.वि.का शिक्षक प्रेम राईलाई सेतो छडी तथा ब्रेल क्युव प्रदान गर्नुभएको थियो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह