+
Search

ताजा अपडेट +

पपुलर +

करारका कर्मचारी आन्दोलनमा

करारका कर्मचारी आन्दोलनमा
त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, रसुवाको कालिका गाउँपालिकामा कार्यरत करारका कर्मचारीले म्याद थप गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

कालिका गाउँपालिकामा ६ वर्षदेखि कार्यरत विभिन्न तहका ६५ जना करार सेवाका कर्मचारीलाई बिनाजानकारी ०८० साउन ४ गतेको कार्यपालिकाको बैठकको निर्णयले सेवाबाट हटाइएकोप्रति कार्यरत कर्मचारीले आन्दोलनको घोषणा गरेका छन् । ६५ जना करारका कर्मचारी हटाएर ३७ जना कर्मचारी करार सेवामा लिनका लागि पुनः पदपूर्तिका लागि सूचना प्रकाशन गरिएकोप्रति कर्मचारीले रोष प्रकट गरेका छन् । आफूहरूको रोजीरोटी गुमेकाले बिहान–बेलुका छाक टार्न धौ–धौ पर्ने भएकाले मानव अधिकार तथा अन्तर्राष्ट्रिय श्रम ऐनविपरीत कार्य भएकाले करार सेवा निरन्तरता दिन कालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर केसी कुँवरसमक्ष ज्ञापनपत्र पेस गरेको पीडित कर्मचारी नवराज पौडेलले बताए । कर्मचारीले आफ्नो माग पूरा नगरे कडा आन्दोलन गर्ने चेतावनीसहित माग पूरा नभए चरणबद्ध आन्दोलन गर्नेसमेत बताएका छन् ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह