समाज सचेतन केन्द्रको अध्यक्षमा चित्रकार चयन

  • त्रिशूली प्रवाह
  • १९ श्रावण २०८०, शुक्रबार १२:५९

विदुर, सामाजिक क्षेत्रमा क्रियाशील समाज सचेतन केन्द्र नुवाकोटको २४औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन साउन १३ गते सम्पन्न भएको छ ।

विदुर नगरपालिका-४ विदुरमा केन्द्रको आफ्नै भवन रहेको छ । केन्द्रको भवनमा २४औँ साधारणसभा एवम् पाँचौँ अधिवेशन यमकुमार खातीको सभापतित्वमा सम्पन्न भयो । उक्त अधिवेशनबाट हरिबहादुर चित्रकारको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन भएको छ । उक्त कमिटीको सदस्यमा नजरमान श्रेष्ठ, हरिराम भण्डारी, गोमा आचार्य, अमृतबहादुर बोगटी, हरिप्रसाद प्याकुरेल र सुजिना खड्का रहेका छन् । केन्द्रले विधानअनुसार समाज परिवर्तनका लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ ।