+
Search

ताजा अपडेट +

पपुलर +

हाइल्यान्ड आवासीय माविको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

हाइल्यान्ड आवासीय माविको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चेमा रहेको हाइल्यान्ड आवासीय माध्यमिक विद्यालयले २६औँ वार्षिकोत्सव तथा १३औँ अभिभावक दिवस साउन १४ गते भव्यताका साथ सम्पन्न गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयले सप्ताहव्यापी रूपमा खेलकुद र विविध सांस्कृतिक कार्यक्रम गरेको थियो । ०५३ मा व्यक्तिगत लगानीमा स्थापना भएको हाइल्यान्ड आवासीय माध्यमिक विद्यालयले ०६४ देखि मावि सञ्चालनको अनुमति पाएको थियो । वार्षिकोत्सव र अभिभावक दिवस भव्यताका साथ मनाउँदै गर्दा स्कुलको संस्थापक अध्यक्ष तिरबहादुर गुरुङले ०६४ यता यस विद्यालयबाट एसएलसी दिएर गएका विद्यार्थी डक्टर, इन्जिनियर, बिजनेसमेन, डबल डिग्री गरिसकेको बताए । पढाइदेखि हरेक क्षेत्रमा हाइल्यान्ड आवासीय माविबाट पढेका विद्यार्थी अग्रस्थानमा हुँदा गर्व लाग्ने संस्थापक अध्यक्ष गुरुङले बताए । विभिन्न सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई सो कार्यक्रममा नगद पुरस्कार तथा प्रमाणपत्र, सिल्ड, मेडल वितरण गरिएको थियो । कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, विद्यालय रहेकै वडाका अध्यक्ष दावासिदार वाइबा, जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामा, नमुना बोर्डिङ स्कुलका प्रिन्सिपल सुदन मरासिनी, रसुवा माविका प्रधानाध्यापक तेम्पा रिसाङ घले, स्थानीय बुद्धिजीवी, अभिभावक र पूर्वविद्यार्थीको उपस्थिति रहेको थियो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह