+
Search

ताजा अपडेट +

पपुलर +

भांगे झरना हेर्न आउनेको भिड

भांगे झरना हेर्न आउनेको भिड
त्रिशूली प्रवाह
२ साल अगाडी

डाँडागाउँ, रसुवाको उत्तरगया गाउँपालिका-२ डाँडागाउँमा रहेको भांगे झरना अहिले आन्तरिक पर्यटकको रोजाइमा परेको छ । भांगे झरना बेत्रावती बजारबाट करिब पाँच किलोमिटरको दूरीमा छ । सामाजिक सञ्जाल र टिकटकमा भाइरल भएपछि झरना हेर्न आउनेको सङ्ख्या दैनिक बढिरहेको छ ।

हिउँदमा सुक्ने उक्त झरना वर्षा सुरु भएसँगै देखिने गरेको स्थानीय धर्म गुरुङले बताए । तल फेदबाट माथि हेर्दा फिल्ममा देखिने झरनाजस्तै भएकाले भांगे झरना हेर्न आउनेको सङ्ख्या दैनिकजसो बढिरहेकोसमेत उनले बताए । रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, मकवानपुरलगायतका जिल्लाबाट बर्सेनि सयौँको सङ्ख्यामा युवायुवती झरना हेर्न आउँछन् । विशेषगरी शनिबार र सार्वजनिक बिदाको दिन झरना हेर्न आउनेको कारण उक्त क्षेत्रमा सवारीसाधन जाम हुने गरेको स्थानीय झंक भट्टले बताए । गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको अर्चले–मैलुङखण्डमा पर्ने यो झरना तीन महिना मनोरञ्जन लिनेका लागि मनमोहक र आकर्षक बन्दै गएको छ । यस ठाउँलाई व्यवस्थित र आन्तरिक पर्यटकीय गन्तव्यको स्थल बनाउन पूर्वाधार विकासका लागि उत्तरगया गाउँपालिकाले डिपिआर तयार गरिसकेको उपाध्यक्ष चमेली गुरुङले बताइन् । आगामी वर्षदेखि यस ठाउँमा मनोरञ्जन लिन आउनेका लागि आवश्यकता हेरी पूर्वाधार निर्माण हुने बताइएको छ । भांगे झरनालाई पर्यटन प्रवद्र्धनका लागि उत्तरगया गाउँपालिकाले पूर्वाधार निर्माण गर्ने हो भने यस ठाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि हब नै बन्न सक्ने स्थानीय सामाजिक अभियन्ता गणेश श्रेष्ठले बताए । यस झरनाको प्रचार–प्रसार र आवश्यक भौतिक पूर्वाधार निर्माण भएमा यस क्षेत्रका बासिन्दाको आय–आर्जनमा समेत टेवा पुग्ने कला, संस्कृतिको जगेर्नामा सक्रिय शशि डङ्गोलको धारणा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह