+
Search

ताजा अपडेट +

पपुलर +

एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा राजनीतिक प्रशिक्षण

एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा राजनीतिक प्रशिक्षण
त्रिशूली प्रवाह
३ साल अगाडी

कालिकास्थान, नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला कमिटी रसुवाले शनिबार एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा राजनीतिक प्रशिक्षण दिएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

कालिका हिमालयन क्याम्पसबाट एसइई उत्तीर्णको सम्मान गर्न एक औपचारिक कार्यक्रमको आयोजना गरी १९ जना विद्यार्थीलाई सम्मान गरेको क्रान्तिकारीका जिल्ला अध्यक्ष तथा कार्यक्रम संयोजक प्रवीण घिमिरेले जानकारी दिए । क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंह, बागमती प्रदेश सभा सदस्य इन्द्र गौतम (जगतजंग) ले एसइईमा उत्तीर्ण विद्यार्थीलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष पञ्चा सिंहले नेपालको राजनीतिलाई सुधार्नुपर्ने र विद्यार्थीले खबरदारी गर्नुपर्ने अवस्था आएको बताइन् । नेताको कारणले राजनीति धमिलिएको भन्दै क्रान्तिकारी केन्द्रीय अध्यक्ष सिंहले राजनीतिलाई सही दिशामा ल्याउन विद्यार्थीले भूमिका खेल्नुपर्ने बताइन् । उनले समाजवादीमार्फत शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता हुने भन्दै राजनीतिको मूल सिद्धान्त समाजवाद हुनुपर्ने भनाइ राखिन् । रोजगारमूलक शिक्षाका लागि अनेरास्ववियुले पहल कदमी गरिरहेको उनको भनाइ थियो ।

Suzuki New Bike & Scooter

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य इन्द्र गौतम (जगतजंग) नेकपा माओवादी केन्द्र, रसुवाका अध्यक्ष फुर्वुतेन्जिङ तामाङ, कालिका गाउँपालिका–१ का अध्यक्ष दावा तामाङ, अखिल नेपाल शिक्षक सङ्गठन रसुवाका अध्यक्ष पार्वती आचार्यलगायतले राजनीतिक प्रशिक्षण दिएका थिए । अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रवीण घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा खामसुङ तामाङको संयोजकत्वमा अनेरास्ववियु (क्रान्तिकारी) १४औँ रसुवा जिल्ला अधिवेशन तयारी कमिटीसमेत गठन गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह