तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २५ श्रावण २०८०, बिहीबार ११:४७
Buddha Eyes

सङ्गठन सुदृढीकरण अभियानले जिल्लामा काङ्ग्रेसको छरपस्ट गुट अलमलमा ! पार्टी कब्जा गर्न कृत्रिम सदस्यता विस्तारमा प्रतिस्पर्धा गर्नेले यो अभियानमा भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन गर्न देला कि नदेला तेस्रो आँखालाई चिन्ता ! आफूसँग असहमति जाहेर गर्नेलाई पत्तासाफ गर्न यो अभियान सफल भए नुवाकोटमा गुट र अन्तर्घातको नामको रोग सकिने निर्देशन आएपछि जिल्ला सभापति अल्पमतमा ! सय किलो सुन, भुटानी शरणार्थी र ललितानिवासजस्ता दर्जनौँ काण्डले देशमा सात दशक लगाएर प्राप्त व्यवस्था र जनताको आशा, भरोसा धर्मराउन थालेपछि नुवाकोट काङ्ग्रेसले रिसोर्ट र सदरमुकामकै होटेलमा अभियान गोप्य रूपमा सक्नुपर्ने बाध्यता देख्दा लोकतन्त्रको पक्षमा जीवन समर्पण गरेका केसी परिवारमा आशा जगाउन नसके समानान्तर समिति बन्ने हल्ला !