+
Search

ताजा अपडेट +

पपुलर +

साङ्जेन जलविद्युत्को उत्पादन सुरु

साङ्जेन जलविद्युत्को उत्पादन सुरु
त्रिशूली प्रवाह
२ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन साङ्जेन जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सिम्बु जलविद्युत् केन्द्रबाट साउन २० गतेदेखि विद्युत् उत्पादन सुरु भएको छ ।

Utsuk Books & Stationery

साङ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध–निर्देशक सुनीलकुमार ढुङ्गेलका अनुसार सन् २०१३ देखि निर्माण सुरु भएको माथिल्लो साङ्जेन जलविद्युत् आयोजनाले सन् २०२३ अगस्ट ५ तारिकदेखि उत्पादन दिन थालेको र उत्पादित विद्युत् चिलिमे जलविद्युत्को राष्ट्रिय प्रसारण लाइनमार्फत केन्द्रीय भण्डारणमा पठाइसकिएको जानकारी दिए । ०६० मा २२ मेगावाट क्षमताको चिलिमे, ०७१ मा पाँच मेगावाट क्षमताको मैलुङखोला, ०७६ मा ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् केन्द्रले उत्पादन दिएको जनाइएको छ । विद्युत्गृह रहेको स्थान समुद्र सतहदेखि दुई हजार एक सय ८० मिटरको उचाइमा रहेको यो आयोजना सम्पन्न भएसँगै रसुवामा १०१.८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । विद्युत् उत्पादनका लागि समुद्र सतहबाट दुई हजार तीन सय ५० मिटरको उचाइ तिलुचे बगरमा बाँध बाँधी एक हजार तीन सय मिटर भूमिगत सुरुङ एवम् एक सय ५६ मिटर पेनस्टक पाइपको सहायताले प्रतिसेकेन्ड ११.६ घनमिटर पानी सिम्बु गाउँको पुछारमा निर्मित विद्युत्गृहमा पु¥याएको छ । तीनवटा फ्रान्सिस टर्वाइनमार्फत वार्षिक रूपमा आठ करोड ८५ लाख युनिट विद्युत् उत्पादन हुने र आयोजनाबाट वार्षिक ४० करोड आय हुने प्रबन्ध–निर्देशक ढुङ्गेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह