+
Search

ताजा अपडेट +

पपुलर +

प्रेस युनियन नुवाकोटको अधिवेशन सम्पन्न

प्रेस युनियन नुवाकोटको अधिवेशन सम्पन्न
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नेपाली काङ्ग्रेसनिकट पत्रकारको संस्था नेपाल प्रेस युनियन नुवाकोटको सातौँ जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले गरेका थिए । उनले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीयतापछि गाउँगाउँमा सिंहदरबारको नारा अघि सारिए पनि जनताले व्यवहारमा महसुस गर्न नपाएको बताए ।

Satkar Machinery Center
Utsuk Books & Stationery

कार्यक्रमका प्रमुख अतिथि नेता केसीले सरकारले भ्रष्टाचारविरुद्ध सुरु गरेको अभियान महत्वपूर्ण भए पनि प्रभावकारी बन्न नसकिरहेकाले जनदबाब सिर्जना गर्नुपर्ने बताए । सो कार्यक्रममा प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल, महासमिति सदस्य तथा यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसी, नेपाली काङ्ग्रेस जिल्ला उपसभापति राजु थापा, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, प्रेस युनियनका केन्द्रीय सदस्य पेशल आचार्य, किरण अधिकारी, प्रेस युनियन बागमती प्रदेशका अध्यक्ष युवराज पुरी, उपाध्यक्ष श्रीराम नेपाल, प्रेस चौतारी नुवाकोटका अध्यक्ष नवदीप श्रेष्ठ, प्रेस सेन्टर नुवाकोटका अध्यक्ष रमहरि गजुरेललगायतले सञ्चार क्षेत्रका विविध पक्षमा धारणा राखेका थिए । अधिवेशनले पुनः नवराज सुवेदीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुरज सिलवाल र रिना खनाल, सचिवमा श्रीकृष्ण आचार्य, सहसचिवमा सौजना थापा र कोषाध्यक्षमा प्रह्लाद केसीलाई चयन गरेको छ । कार्यसमितिको सदस्यमा मुकुन्दराज अर्याल, सरोजजंग थापा, प्रकाश खनाल, विराटमानसिंह डङ्गोल र कृष्णप्रसाद भट्ट निर्वाचित भएको निर्वाचन मण्डलका सुरेन्द्रराज अधिकारीले जानकारी दिए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह