+
Search

ताजा अपडेट +

पपुलर +

विष्णुदल गणकोे १६९औं वार्षिकोत्सव सम्पन्न

विष्णुदल गणकोे १६९औं वार्षिकोत्सव सम्पन्न
त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, लाङटाङ राष्ट्रिय निकुञ्ज र रसुवा जिल्लाको सुरक्षार्थ तैनाथ नेपाली सेना विष्णुदल गणको १६९औं वार्षिकोत्सव साउन २१ गते आईतबार सम्पन्न भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

श्री विष्णुदल गण श्री ५ बिक्रम शाहको कालमा बिक्रम सम्वत् १९११ साल जेठ ३० गते मिलिसिया पल्टनको रूपमा खडा भई २०२१ सालदेखि मिलिसिया पल्टनबाट रूपान्तरित भई विष्णुदल गुल्मको नामले नेपाली सेनाको एक अभिन्न अंगको रूपमा कार्यरत रही २०६२ साल श्रावण १९ गतेबाट विष्णुदल गुल्मबाट गणमा परिणत भएको गणपति प्र.से.बिक्रम थापाले जानकारी दिनुभयो । गण २०७७ सालदेखि रसुवा जिल्लामा लाङटाङ राष्ट्रिय निकुञ्ज र रसुवाको सुरक्षामा तल्लिन छ । गणले जनताको सुरक्षा, विपद् ब्यवस्थापन उद्धार, प्रकृति संरक्षण तथा नागरिक र सैनिक सम्बन्धलाई प्रगाढ बनाउने कार्यमा अहोरात्र खटी नेपाली सेनाको महत्व र स्वाभिमानलाई बढाउने कार्य गर्दै आएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना विष्णुदल गणले १ सय ६९ औं वार्षिकोत्सव विशिष्ट ब्यक्तित्वको उपस्थितीमा आईतबार विष्णु साँस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम गरी भब्यरूपमा मनाएको थियो । कार्यक्रममा मौलिक रहन-सहन, कला संस्कृति झल्काउने नाँचगान समेत प्रस्तुत गरिएको जानकारी गणले दिएको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह