Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

विदुर क्षेत्रमा खानेपानीको अभाव

विदुर क्षेत्रमा खानेपानीको अभाव
त्रिशूली प्रवाह
२ साल अगाडी

बट्टार, विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विदुर नगरपालिका क्षेत्रभित्र वितरण गर्दै आएको फंलाखु खोलाको मुहान श्रावण २७ र २८ गतेको अविरल वर्षाले बगाईदिएको छ । मुहान बगाएपछि नगरपालिकाभित्र वितरण हुने खानेपानी चार दिनदेखि अभाव भएको छ ।

फंलाखु खोलामा आएको भिषण बाढीले मेन लाइनको ३ सय ५० मिटरको हेड.डि.आई पाईप पूर्णरूपले क्षति भएको छ । वर्षात्, बाढी र पहिरोले उपभोक्ता संस्थाको पानी ल्याईरहेको मेन लाईन मुहानको सम्पूर्ण संरचना बगाएको छ भने हेड.डि.आई पाईपकोसहित क्षति झण्डै ५० लाख भन्दा बढीको भएको प्राविधिकले प्रारम्भिक अनुमान गरेका छन् । उक्त मुहान मर्मतसम्भार कार्य सम्पन्न नभएसम्म खानेपानी उपलब्ध नहुने जानकारी संस्थाले गरेको छ । खानेपानी वितरणमा वैकल्पिकरूपमा प्रयोग हुँदै आएको बट्टार र विदुरको बोरिङको खानेपानी र नलगाउँ मुहानको खानेपानी दुरुपयोग नगरी अधिकतम सदुपयोग र बचत गर्दै खानेपानीको उपभोग गर्नको लागि संस्थाले उपभोक्तालाई आग्रह गरेको छ । बाढीले क्षति पु¥याएको उक्त मुहानको मर्मत कार्य थालिसकेको संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह