त्रिशूलीबजार, आइसिएफसी फाइनान्स लिमिटेडका देशैभरिका सबै ग्राहकले अब नुवाकोट जिल्ला विदुर नगरपालिका-१ ढुङ्गेमा सञ्चालन भइरहेको नेपाल अस्पतालमा औषधोपचार गर्दा छुट पाउने भएका छन् ।
फाइनान्सले डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको हो । सम्झौतापश्चात् आइसिएफसी फाइनान्सका डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले हस्पिटलका विभिन्न सेवामा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने फाइनान्सले जनाएको छ । साउन २८ गते आइतबार फाइनान्सका त्रिशूली शाखा प्रमुख सन्तोष घिमिरेले केन्द्रीय कार्यालयको स्वीकृति लिएर अस्पतालका डाइरेक्टर राजु अमात्य र प्रशासन प्रमुख ऋतु कटवालबीच औषधोपचार छुटको सम्झौता भएको छ । देशभरि रहेका शाखाका डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले यो सुविधा लिन सक्ने फाइनान्सका त्रिशूली शाखा प्रमुख घिमिरेले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । विशेषगरी नुवाकोट र रसुवाका ग्राहकले यो सेवाको बढीभन्दा बढी उपभोग गर्न सक्नेछन् । नुवाकोटमा आइसिएफसी फाइनान्स त्रिशूलीबजार र रसुवाको कालिकास्थान बजारमा शाखा रहेको छ ।






प्रतिक्रिया