+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली सेनाद्वारा महिलाको उद्धार

नेपाली सेनाद्वारा महिलाको उद्धार
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, रसुवाका धार्मिक एवम् पर्यटकीयस्थल गोसाइँकुण्ड जाने क्रममा लेक लागेर हिँड्न नसक्ने भएकी एक महिलालाई रसुवा जिल्लाको तथा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको तैनाथ नेपाली सेना विष्णुदल गणले उद्धार गरेको छ ।

Utsuk Books & Stationery

उक्त लेक लागेकी महिला नुवाकोट जिल्ला विदुर नगरपालिकाको बट्टारबजारकी ५० वर्षीया शिव पोखरेल रहेकी छिन् । उनलाई चन्दनबारीबाट उद्धार गरिएको थियो । उनी साथीहरूसँग गोसाइँकुण्ड जाने भनेर हिँडेर चन्दनबारी सामान्य र सहज रूपमा पुगेकी थिइन् । चन्दनबारी पुगेपछि उनलाई एक्कासि सास फेर्न गाह्रो भएर हिँड्न नसकेकोजस्तो भएपछि नजिकै रहेको आर्मी चेकपोस्टमा खबर गरिएको थियो । खबर पाएपछि नेपाली सेनाको टोलीले तत्कालै उद्धार गरी सदरमुकामसम्म स्ट्रेचरमा बोकेर ल्याएको थियो । अहिले ती महिलाको स्थिति सामान्य रहेको र बेँसीमा बसेको मानिस उच्च भागमा पुगेपछि लेक लागेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह