+
Search

ताजा अपडेट +

पपुलर +

क्षेत्रपालका विद्यार्थीको फुड फेस्टिभल

क्षेत्रपालका विद्यार्थीको फुड फेस्टिभल
त्रिशूली प्रवाह
३ साल अगाडी

चौघडा, नुवाकोटको लिखु गाउँपालिका–४ मा रहेको जिल्लाकै पुरानो विद्यालयमध्येको क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत स्थानीय उत्पादनमा आधारित खाना महोत्सव (फुड फेस्टिभल) शुक्रबार विद्यालयपरिसरमा गरेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नेपाल सरकारबाट नमुना विद्यालयको रूपमा वर्गीकृत रहेको क्षेत्रपालमा अध्ययनरत कक्षा १० का विद्यार्थीले आफ्नै मिहिनेतमा स्थानीय क्षेत्रमा मात्र उत्पादन अन्नका विभिन्न परिकार बनाएर फुड फेस्टिभल मनाएका छन् । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदीका अनुसार कक्षा १० का विद्यार्थीले आफ्नो परियोजना कार्यअन्तर्गत स्थानीय उत्पादनबाट खानाका विभिन्न स्वादिष्ट परिकार बनाएर फुड फेस्टिभल मनाएका हुन् । अङ्ग्रेजी विषयको व्यावहारिक सिकाइका लागि विद्यार्थीले उक्त कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रमको संयोजन माध्यमिक शिक्षक मावि इन्चार्ज कमला चुँदाराले सहजीकरण गरेकी थिइन् । विद्यार्थीले बनाएका परिकार स्थानीय उत्पादित वस्तुबाट मात्र तयार पारिएको थियो । विद्यार्थीले बनाएका रैथाने खाना ढिँडो, गुन्द्रुक, सेलरोटी, यमरीलगायतका परिकारलाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थीले निकै स्वादिष्ट मानेर प्रशंसा गरेका थिए । विद्यालयका प्रधानाध्यापक सुवेदीले विद्यार्थीलाई व्यावहारिक शिक्षामा पनि ज्ञान प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरेको जानकारी दिए । जिल्लाकै पुरानो र उत्कृष्ट विद्यालयको रूपमा रहेको क्षेत्रपाल माविको सक्षम व्यवस्थापकीय नेतृत्व र अनुभवी प्रशासकीय नेतृत्वको संयोजनका कारण पछिल्लो समय अतिरिक्त क्रियाकलापसहित एसइईको परीक्षामा जिल्लाभरीमै उत्कृष्ट विद्यालयमा पर्ने गरेको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह