+
Search

ताजा अपडेट +

पपुलर +

रक्तदान सम्पन्न

रक्तदान सम्पन्न
त्रिशूली प्रवाह
३ साल अगाडी

त्रिशूलीबजार, टिमुरे यातायात प्रा.लि. नुवाकोटको आयोजनामा त्रिभुवन त्रिशूली बहुमुखी कलेजको परिसरभित्र शनिबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सामाजिक उत्तरदायित्वअन्तर्गत टिमुरे यातायात प्रा.लि.ले आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जना रक्तदाताले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम Blood on request in Nuwakot ले समन्वय तथा रक्त सञ्चार केन्द्र कोलनी नुवाकोटको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगतमा पनि टिमुरे यातायात प्रा.लि.बाट अत्यधिक गर्मीको समयमा सर्वसाधारण पैदल यात्रुदेखि यात्रु, चालक सबैलाई निःशुल्क दही वितरण, ट्राफिक जनचेतनासम्बन्धी कार्यक्रम जिल्ला ट्राफिक प्रहरीसँग समन्वयमा गरिएको अध्यक्ष प्रकाश जोशीले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह