+
Search

ताजा अपडेट +

पपुलर +

सूचना प्रणाली सेन्सर र साइरन जडान

सूचना प्रणाली सेन्सर र साइरन जडान
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे, रसुवाको उत्तरगया गाउँपालिका-४ ढुङ्गे बस्तीमा सूचना प्रणाली सेन्सर र साइरन जडान गरिएको छ ।

माथिल्लो भागबाट गइरहेको पहिरोको कारण करिब एक सयभन्दा धेरै घर जोखिममा रहेको र दुई वर्षअघिदेखि सुरुवात भएको पहिरो नियमित झरिरहेकाले तत्काल संरक्षण गर्न नसकिने भएपछि पालिकाले दाताको सहयोगमा सूचना प्रणाली सेन्सर र साइरन जडान गरेको छ । भूगर्भविद् तथा प्राविधिकको अध्ययनअनुसार तत्काल संरक्षणको काम गर्न पनि कठिनाइ रहेको हुँदा समुदायलाई पूर्वचेतावनीका लागि उत्तरगया गाउँपालिका, युरोपियन युनियनको सहयोगमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, पिपुल इन निड, सेभ द चिल्ड्रेन र स्कट विलसनको साझेदारीमा सञ्चालित प्रतिबद्ध परियोजना र राम–लक्ष्मण इनोभेसनको संयुक्त प्रयासमा पहिरो पूर्वसूचना प्रणाली सेन्सर र साइरन जडान भएको छ । प्रणाली सञ्चालनका लागि पहिरोको माथिल्लो भागमा दुईवटा र तल्लो क्षेत्रमा एकवटा गरी तीन सेन्सर र गाउँको बीचमा साइरन जडान गरिएको छ । उक्त साइरन सोलारमार्फत सञ्चालन हुनेछ ।

सेन्सर राखिएको स्थानमा हलचल हुँदा आफैँ साइरन बज्नेछ भने सिस्टममा राखिएको मोबाइलमार्फत र बक्स राखिएको स्थानबाट पनि साइरन बजाउन सकिनेछ । साइरन जडान भदौ १ र २ गते गरिएको हो । जडानपश्चात् गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, वडाध्यक्ष अमरबहादुर बुलुनलगायत समुदायका मानिसलाई प्रणाली सञ्चालन, व्यवस्थापन, संरक्षण र उपयोगिताबारे जानकारी गराइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह