बट्टार, नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रामहरि दाहाल पुनः नियुक्त भएका छन् ।
कम्पनीको भदौ ७ गते बिहीबार बसेको १४४औँ सञ्चालक समितिको बैठकले हालका प्रमुख कार्यकारी अधिकृत दाहाललाई असोज १ गतेबाट लागू हुने गरी आगामी चार वर्षको कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै, कम्पनीको स्वतन्त्र सञ्चालकमा आयुष ओझालाई आगामी चार वर्षको कार्यकाल रहने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।







प्रतिक्रिया