तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १५ भाद्र २०८०, शुक्रबार ११:५०
Buddha Eyes

केन्द्रमा बस्नेले शक्ति र पहुँचको आडमा देश लुछिरहेको बेला विदुर नगरपालिकाभित्र त्यस्तै अख्तियार दुरुपयोगको काण्डको हल्ली-चल्ली ! जिल्लामा कार्यालय प्रमुखदेखि अस्पतालका डाक्टरसम्म मैले ल्याएँ भन्दै सामाजिक सञ्जालमा रोइलो गर्नेकै आशीर्वादले शिक्षकको दरबन्दी एकातिर काजमा अर्कोतिर खटिँदा विद्यालयको पढाइ त नमुना नै हुने भयो । विद्यालय नमुना र विद्यार्थीको पढाइ खस्किने चिन्ताले मेयर-उपमेयर खासखुस ! राजनीति नै शिक्षकले गरिदिनुपर्ने भएपछि शिक्षा क्षेत्रका यस्ता घटना विगतदेखि नै छोपछाप पार्दा अख्तियार दुरुपयोग हुँदासमेत सम्बन्धित निकाय बेखबर ! शिक्षा क्षेत्रमा विकृति र विसङ्गति झाँगिँदा शिक्षाको स्तर खस्केपछि विदुर नगरभित्र तीन दर्जन पहुँचवाला शिक्षकले शिक्षा शाखालाई नटेर्दा विद्यालयमा पठाउने शिक्षकको अभाव ! विद्यार्थी पढाएर तलब खानुपर्ने शिक्षकले गठबन्धन नामको सुविधा उपभोग गर्दा नगरपालिका भने स्वयम्सेवक शिक्षक खटाएर आर्थिक भार व्यहोर्दै ।