तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २१ भाद्र २०८०, बिहीबार १५:३१
Buddha Eyes

लोकतान्त्रिक व्यवस्था धरापमा परे पनि सङ्घ-संस्थामा लोकतान्त्रिक नमुना अभ्यासले दललाई गिज्याइरहेको छ । जिल्लाको व्यवसायीको आशाको त्यान्द्रो रहेको सङ्घमा आइतबार लोकतान्त्रिक अभ्यासको भरपूर उपयोग गर्दा मनोनीत सदस्य चयन गर्न अध्यक्ष र महासचिवलाई हम्मे-हम्मे ! दलहरूको जस्तै मिसन ०८४ मा नगरको मेयर पद अध्यक्ष र महासचिवले ताकेपछि काङ्ग्रेसको प्रचण्ड बहुमत रहेको संस्थाको कार्यसमितिमा भोट नै गायव ! चारतारे झण्डा देखाएर व्यवसायीलाई शोषण गरिरहेका नेताहरूले भनेको मन्छे मनोनीत नभएपछि ठेक्कामा काङ्ग्रेसका जिल्ला कार्यसमिति जिम्मा लिएकाहरू तिल्मिलाउँदा व्यवसायीलाई हाइसन्चो । विदुरमा मेयर हुन उद्योगी-व्यवसायीको अध्यक्ष नै चाहिने नजिर बसेपछि आजीवन काङ्ग्रेसमा बिताउनेहरूको सपना चट् !