+
Search

ताजा अपडेट +

पपुलर +

चौघडामा चार दर्जन सर्जकको रचना वाचन

चौघडामा चार दर्जन सर्जकको रचना वाचन
त्रिशूली प्रवाह
३ साल अगाडी

चौघडा, साहित्य संगम नुवाकोटले ‘नवसर्जकको खोजी, अग्रजलाई सम्मान गाउँ-गाउँमा साहित्य हाम्रो अभियान’ नाराका साथ १२ महिना १२ पालिका कार्यक्रमअन्तर्गत गाउँगाउँमा साहित्य अभियानको चौथो शृङ्खला भदौ २० गते बुधबार लिखु गाउँपालिकाको क्षेत्रपाल मावि चौघडामा भव्यताका साथ सम्पन्न गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

साहित्य संगम नुवाकोटकी अध्यक्ष साहित्यकार सुमित्रा सुमीको अध्यक्षता र लिखु गाउँपालिकाकी उपाध्यक्ष सुभद्रा अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुर्खेतका कवि डा. महेन्द्रकुमार मल्लको भाषाको बकपत्र कवितासङ्ग्रहमाथि समीक्षक तथा साहित्यकार ओम रिजालले समीक्षा गरेका थिए । सो कार्यक्रममा कवि मल्ललाई साहित्य संगम नुवाकोटले सम्मानसमेत गरेको थियो । कार्यक्रममा नुवाकोट, काठमाडौं, दोलखा, लमजुङ, सुर्खेत, दैलेखलगायतबाट साहित्यकारको उपस्थिति रहेको थियो । अग्रज स्रष्टादेखि नवप्रतिभाले कविता, गीत, गजल, हाइकु, मुक्तकलगायत गरी चार दर्जनभन्दा बढी रचना वाचन गरी साहित्यको अनुपम माहोल सिर्जना गरेका थिए । विगतका भन्दा फरक कार्यक्रमले नयाँ उत्साह पैदा गरेको सहभागीले प्रतिक्रिया दिए । सुस्ताएको साहित्यिक गतिविधिलाई पुनर्जीवित गर्न र नवसर्जकको खोजी गरी साहित्यको माध्यमबाट भाषा, संस्कृतिको जगेर्ना गर्दै राष्ट्रियताको संरक्षण गर्ने दिशामा थोरै भए पनि योगदान पुगोस् भन्ने अभिप्राय अभियानले राखेको साहित्य संगम नुवाकोटका अध्यक्ष सुमित्रा सुमीले त्रिशूली प्रवाह साप्ताहिकलाई बताइन् ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह