+
Search

ताजा अपडेट +

पपुलर +

मेरो माइक्रोका अध्यक्ष खत्रीको कार्यकाल सुरु

मेरो माइक्रोका अध्यक्ष खत्रीको कार्यकाल सुरु
त्रिशूली प्रवाह
३ साल अगाडी

बट्टार, नुवाकोटको विदुर नगरपालिका-४ बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष सुमितबाबु खत्रीले पद तथा गोपनीयताको शपथग्रहण शुक्रबार गरेका छन् । उनको कार्यकाल शुक्रबार सुरु भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टसमक्ष अध्यक्ष खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधि सञ्जीव मानन्धर बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँगै बैंक तथा वित्तीय संस्थाको सञ्चालकमा बस्न नपाउने व्यवस्थाअनुरूप सो पद खाली रहेको थियो । संस्थाको ०८० भदौ २१ गते बसेको सञ्चालक समितिको १४५औँ बैठकले सञ्चालक खत्रीलाई अध्यक्ष चयन गरेको थियो । त्यस्तै, प्राइम कमर्सियल बैंक लिमिटेडबाट प्रतिनिधित्व हुने गरी नेपालभूषण श्रेष्ठलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरेको छ । संस्थाले ६४ जिल्लामा एक सय ४९ शाखा कार्यालयबाट एक लाख ६१ हजारभन्दा बढी ग्राहक सदस्यलाई लघुवित्त सेवा पु¥याउँदै आएको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह