सेई स्कुलमा बाबुको मुख हेर्ने कार्यक्रम सम्पन्न

  • त्रिशूली प्रवाह
  • २९ भाद्र २०८०, शुक्रबार १२:२३

छहरे, नुवाकोटमा सञ्चालित बोर्डिङ स्कुलमध्ये छुट्टै पहिचान बनाउन सफल सेई बोर्डिङ स्कुल छहरेबजारमा बुधबार स्कुलको बाल क्लबले बाबुको मुख हेर्ने (कुसेऔँसी)को अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लामा सञ्चालनमा रहेका बोर्डिङ स्कुलमध्ये भौतिक पूर्वाधार र विद्यार्थीको सङ्ख्या सेई बोर्डिङ स्कुलमा अब्बल रहेको छ । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य नारायणप्रसाद भण्डारीको विशेष आतिथ्यता एवम् विद्यालयका संस्थापक राजन खतिवडाको उपस्थितिमा भएको कार्यक्रममा कुसेऔँसीको महत्वबारे विद्यार्थीलाई जानकारी गराइएको थियो । कक्षा १० मा अध्ययनरत प्रशिका न्यौपाने र अमृत भण्डारीले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा विद्यार्थीले देशभक्ति र मौलिक सिर्जनाका गीत तथा नृत्य प्रदर्शन गरेका थिए । विद्यार्थीलाई पढाइको साथ-साथै अतिरिक्त क्रियाकलापमा सहभागी गराएर उनीहरूमा लुकेर रहेको प्रतिभा उजागार गराउने वातावरण सिर्जना गराउन कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य भण्डारीले सुझाव दिए । अतिरिक्त क्रियाकलापमा सहभागी गराएर विद्यार्थीलाई नैतिक अनुशासन तथा संस्कारको विकास गर्न सकिने उनले बताए । कार्यक्रम सफल बनाउन विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीको जाँगर तथा उत्साह निकै प्रशंसनीय रहेको उनले बताए ।