तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २९ भाद्र २०८०, शुक्रबार १२:३३
Buddha Eyes

तिज महिला मात्रको चाड अब रहेन । पुरुषको उपस्थितिमा तडक-भडक र रौनकले मौलिकता हराउँदै ! सत्ताको तालाचाबी बोकेको काङ्ग्रेस नुवाकोटको भड्किलो तिज शुभकामना आदान-प्रदान कार्जेक्रममा गुलियो खिर एउटा पक्षलाई खल्लो ! केन्द्रीय नेता उपस्थित नभए पनि महासमिति र महाधिवेशन प्रतिनिधिसमेत नदेख्दा कतिले दरको स्वादै चाखेनन् । शक्तिको पछाडी हुरूरू…….. तिज मनाउन काठमाडौंबाट एक दर्जन गाडीमा सङ्घ र प्रदेशका ढुकुटी मन्त्रीसँगै महिलाभन्दा पुरुषको आगमनले महिला नेतृहरू ट्वाँ ! गुटगत छायाले विगतको पहिलो चरणको जिल्लामा सम्पन्न विशेष सु.सु. अभियानको एकपक्षीय समीक्षा ! जसले मिलाउनुपर्ने, जसलाई मिलाएर लैजानुपर्ने नै उपस्थिति गराउन संस्थापन पक्ष जिल्लामा असफल हुँदा सत्ताकै लागि काङ्ग्रेस र काङ्ग्रेसकै लागि सत्ता !