तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ४ आश्विन २०८०, बिहीबार ११:२१
Buddha Eyes

घाँटी हेरेर हाँड निल्न नसक्दा सहकारीका सञ्चालक अहिले खतरामा । सहकारीकर्मीबाट ठग्ने र ठगिने क्रम देशभरि भुसको आगोझैँ दन्किँदा नुवाकोटमा त्यसको रापताप फैलिँदै ! देखासिकीमा खुलेका विदुर नपाभित्र रहेका आधा दर्जन सहकारीको अवस्था नाजुक हुँदा बचतकर्ता त्राहीमाम ! नियमन र निरीक्षण गर्ने निकायको अत्तोपत्तो नहुँदा बचत फिर्ता गर्न चासो नदिएका सहकारीका व्यवस्थापक र पदाधिकारीको मोबाइल नम्बर फेरिँदा जिल्ला सहकारी सङ्घ चिन्तामा ! बचतकर्तालाई ऋण उठाऊ, बचत फिर्ता लैजाऊ भन्दै केही सहकारी बिक्रीमा ! सिंहदरबारको अधिकार प्रयोग गरिरहेका स्थानीय सरकार ट्वाँ !