+
Search

ताजा अपडेट +

पपुलर +

माघ २५ देखि नुवाकोट महोत्सव

माघ २५ देखि नुवाकोट महोत्सव
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नुवाकोट उद्योग वाणिज्य सङ्घले आठौँ नुवाकोट महोत्सव आगामी ०८० माघ २५ देखि फागुन ८ गतेसम्म गर्ने भएको छ ।
सङ्घको आयोजनामा हुने महोत्सव विदुरमा हुने बताइएको छ । सङ्घको गत भदौ १७ गते बसेको कार्यसमितिको बैठकले महोत्सव गर्ने निर्णय गरेको हो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

सङ्घले यसअघि नुवाकोट महोत्सव २०६३, २०६६, २०७०, २०७३, २०७४, २०७६ र २०७९ मा सम्पन्न गरिसकेको छ । कोरोना महामारीपछि सुरु भएको आर्थिक मन्दीले शिथिल आर्थिक कारोबारलाई चलायमान गराउन महोत्सव गर्न लागेको सङ्घले जानकारी दिएको छ । विगतमा सम्पन्न महोत्सव अनुभव र जिल्लावासीको सल्लाह, सुझावमा यसपटकको महोत्सव विशेष हुने वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताए । जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा सांस्कृतिक जागरण गराउने महोत्सवको उद्देश्य रहेको छ । विगतमा गरेको महोत्सवले जिल्लाको विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुगेको होटेल व्यवसायी सङ्घका अध्यक्ष वासु अधिकारीले बताए । विभिन्न जातजाति, वर्ग र समुदायबीच सद्भाव एवम् भ्रातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा सङ्गठित रूपले प्रयत्नशील रहने लक्ष्य सङ्घले लिएको छ । जिल्लालाई औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्ने, स्थानीय स्तरबाट उत्पादित वस्तुको बजारीकरण र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पु¥याउने, घरेलु उत्पादन र कृषिलाई व्यावसायिक र आधुनिकीकरणलाई उन्मुख गराउने, निकासीयोग्य वस्तुको पहिचान एवम् बजार प्रवद्र्धनमा महोत्सवले सहयोग पुग्ने सङ्घले अपेक्षा राखेको छ ।

Suzuki New Bike & Scooter

जिल्लाको पर्यटकीय स्थलको विकास र विस्तारमा समेत महोत्सवले टेवा पु¥याउने, स्थानीय बजारको विकास, विस्तार एवम् विशिष्टीकरणतर्फ उन्मुख गराउने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष अन्तत्र्रिmया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने, आधुनिक एवम् नयाँ प्रविधि, उपकरण एवम् मेसिनबारे जानकारी गराउने, स्थानीय कला, साहित्य तथा लोकसंस्कृतिको जगेर्ना गर्ने, विभिन्न जातजातिबीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने, लगानीको अवसरको सिर्जना गर्ने, बहुप्रतीक्षित केरुङ–काठमाडौं रेलमार्ग र टोखा–छहरे सुरुङमार्ग, बालाजु–ककनी–पिपलटार सडक स्तरोन्नतिलगायतका आयोजनाको निर्माण अगाडि बढाउन सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्य सङ्घले राखेको छ । महोत्सवको तयारीका लागि जिल्लास्तरीय सरोकारवालाको बैठक गर्ने तयारी गरिरहेको सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह