तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ११ आश्विन २०८०, बिहीबार ११:४१
Buddha Eyes

सत्ताको उन्मादले विधि र पद्धति धोती लगाउँदै ! प्रदेश सरकारको गिद्धेदृष्टिले नुवाकोटको सरकारी अस्पताल अस्त-व्यस्त ! प्रदेशका अर्थमन्त्रीको जिल्लामा जुनियरको नेतृत्वमा सिनियर बस्नुपर्ने कस्तो दुर्भाग्य ! नवौँ तहको हुँदा-हुँदै आठौँ तहकोलाई मे.सु. बनाउँदा सङ्घीयता खारेजको माग गर्नेलाई बल ! अस्पतालमा आठौँ र नवौँ तहको विवादले कार्यरत स्वास्थ्यकर्मी विभाजित हुँदा कुनै पनि बेला भिडन्त हुने डरले व्यवस्थापन समिति सुरक्षाका लागि प्रहरी माग गर्ने अवस्थामा ! देशभरिमै उत्कृष्ट सेवा दिन सफल अस्पतालको भविष्य काङ्ग्रेस नेतृत्वको खटन–पटनले स्वाहा !