+
Search

ताजा अपडेट +

पपुलर +

सुजुकीको ‘बाँडौँ खुसी, चढौँ सुजुकी’ चाडपर्व अफर

सुजुकीको ‘बाँडौँ खुसी, चढौँ सुजुकी’ चाडपर्व अफर
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका आयातकर्ता तथा बिक्रेता भिजी अटोमोबाइल्सले चाडपर्व अफर ल्याएको छ । कम्पनीले मोटरसाइकल तथा स्कुटरको खरिदमा दसैँ, तिहार तथा छठको उपलक्ष्यमा ‘बाँडौँ खुसी चढौँ सुजुकी’ स्किम ल्याएको हो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

यस चाडमा सुजुकीले ल्याएको स्किमअन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ पक्का छुट पाउनेछन् । अथवा कुनै पनि सुजुकी ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्रान्डको पुरानासँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा ग्राहकले १० हजार रुपैयँ थप मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार शून्य प्रतिशत फाइनान्सको सुविधाका साथै एक वर्ष ‘रोड ट्याक्स फ्री’ हुनेछ । यो स्किमअन्तर्गत हरेक १५ दिनमा लक्की ड्रमार्फत बम्परमा १० ग्राम सुनको सिक्का एकजना ग्राहकलाई उपलब्ध गराउनेसमेत कम्पनीले बताएको छ । नुवाकोट र रसुवामा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता उत्सुक अटोमोबाइल्स रहेको छ । बट्टारको दम्कीमा सुजुकी मोटरसाइकल तथा स्कुटरको सोरुम रहेको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह