विदुर, करसम्बन्धी जानकारी दिने उद्देश्यले करदाता सेवा कार्यालय गल्छी धादिङको आयोजनामा असोज ८ गते नुवाकोटको विदुरमा सम्पन्न भएको छ ।
नुवाकोट उद्योग वाणिज्य सङ्घको इलम प्रशिक्षण केन्द्रको हलमा सम्पन्न कार्यक्रममा करदाता सेवा कार्यालय गल्छीकी प्रमुख कर अधिकृत शिला वाग्ले, सहायक प्रेमकुमार श्रेष्ठलगायतले कर र यसले देशलाई दिएको सेवाका सम्बन्धमा जानकारी दिएका थिए । करदाता सेवा कार्यक्रम गल्छी, धादिङको वार्षिक कार्यक्रमअनुसार भएको उक्त कार्यक्रममा ५० जनाभन्दा बढी व्यवसायीको सहभागिता रहेको थियो । कार्यक्रमबाट उद्योगी–व्यवसायीले करसम्बन्धी सचेतना प्राप्त गरेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार ः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ विदुरमा नुवाकोट उद्योग वाणिज्य सङ्घको समन्वयमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको हो । करदाता सेवा कार्यालय गल्छीले नुवाकोट र धादिङमा सेवा प्रवाह गर्दै आइरहेको छ ।