+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरी प्रमुखलाई स्वागत

प्रहरी प्रमुखलाई स्वागत
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नुवाकोटमा सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) प्रहरी प्रमुख सञ्जयसिंह थापालाई नुवाकोट उद्योग वाणिज्य सङ्घले मंगलबार स्वागत गर्दै परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सङ्घका कार्यसमितिका पदाधिकारी र सदस्य तथा जिल्लाका उद्योगी–व्यवसायीको सहभागिता रहेको थियो । प्रहरी प्रधान कार्यालयले गरेको निर्णयअनुसार नुवाकोटको प्रहरी प्रमुखमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, अनुसन्धान महाशाखामा कार्यरत सञ्जयसिंह थापाको सरुवा भएको थियो । ०५८ सालमा प्रहरी सेवामा प्रवेश गरेका थापाको पुख्र्यौली घर स्याङ्जा रहेको छ ।

Suzuki New Bike & Scooter

स्वागत तथा परिचय कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, नुवाकोट निर्माण व्यवसायी सङ्घका महासचिव सुशील फुँयाल, नुवाकोट वन पैदावर व्यवसायी सङ्घका अध्यक्ष मुक्तबहादुर बोगटी, नुवाकोट होटेल व्यवसायी सङ्घका अध्यक्ष वासु अधिकारीलगायतले व्यावसायिक सुरक्षाका लागि सहयोग गरिदिन आग्रह गरेका थिए । सो कार्यक्रममा स्वागतग्रहण लिँदै प्रहरी प्रमुख थापाले व्यवसायीको सुरक्षा र नागरिकको जिउधनको सुरक्षाका लागि कानुनसम्मत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह