+
Search

ताजा अपडेट +

पपुलर +

दलित बटुकको व्रतबन्ध महिला र पुरुषलाई मन्त्र दीक्षा

दलित बटुकको व्रतबन्ध महिला र पुरुषलाई मन्त्र दीक्षा
त्रिशूली प्रवाह
३ साल अगाडी

देवीघाट, उपल्लो जात भन्नेले मात्र धारण गर्ने जनै नुवाकोटका दलित समुदायका पुरुषले गत हप्ता वैदिक विधिपूर्वक धारण गरेका छन् ।
अनाथ बालबालिका उद्धार केन्द्र विनपा–३ र दलित सामुदायिक संस्था सूर्यगढी गाउँपालिका–४ को आयोजनामा असोज ५ र ६ गते धार्मिकस्थल देवीघाटमा रहेको जालपा मन्दिरमा ब्राह्मण गुरुपुरोहितबाट २७ जना पुरुषले जनै धारण र १७ जना महिलाले लक्ष्मी गायत्रीको मन्त्रसहित किताब पाएका छन् । पहिलोपटक नुवाकोटमा दलित बालकको उपनयन (व्रतबन्ध) सातजनाको भएको छ भने दलित समुदायभित्रका पुरुष र महिलालाई मन्त्र दीक्षा प्रदान गरिएको अनाथ बालबालिका उद्धार केन्द्रमा अध्यक्ष अर्जुन नेपालीले जानकारी दिए ।

Satkar Machinery Center
Utsuk Books & Stationery

उक्त कार्यक्रम विशिष्ट गुरु श्रीश्रीश्री १००८ तन्त्र युगरत्न ज्ञान उत्तमानन्द उपाधिबाट विभूषित गुरु विश्वमोहनीबाट महिलालाई लक्ष्मी गायत्री मन्त्र प्रदान गर्नुका साथै पुरुषलाई जनै धारण गराएका थिए । झन्डै पाँच लाख खर्च गरेर पहिलोपटक आयोजना गरिएको कार्यक्रममा दलित समुदायले खासै चासो नदिएको उपस्थितिको सङ्ख्याले देखिएको विदुर नगरपालिका कार्यपालिकाका सदस्य एवम् विनपा–७ तुप्चेका शिवबहादुर विकले बताए । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले शुक्रबार उद्घाटन गरेर सुरु भएको उक्त कार्यक्रम शनिबार समापन भएको थियो । सो कार्यक्रममा दलित मुक्ति समाजका जिल्ला अध्यक्ष कृष्ण रोक्का, दलित सङ्घ नुवाकोटका जिल्ला अध्यक्ष भोजबहादुर नेपाली, विनपा–५ का अध्यक्ष लीलानाथ न्यौपाने, विनपा–१० का अध्यक्ष गणेश नेपाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति हरि श्रेष्ठलगायतका सहभागीले आर्यमूलका दलित समुदायलाई सांस्कारिक बनाउन प्रयत्न गरिएकोमा प्रशंसा गर्दै ऐतिहासिक पवित्र कान्ति भएको बताएका थिए ।
उक्त दिन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सहयोगमा रक्तदान कार्यक्रमसमेत भएको थियो ।

Suzuki New Bike & Scooter

व्रतबन्ध तथा मन्त्र दीक्षा कार्यक्रममा एक दर्जन गुरु पण्डितद्वारा विश्वशान्तिका लागि होम होमादी गरेका थिए । आयोजकलाई कार्यक्रमको खर्च जुटाउन आश्वासन दिने विदुर नगरपालिका र अन्य सङ्घ–संस्थासँग आयोजकले अनुनयविनय गरिरहेको छ । हिन्दू धर्मको हिमायतीहरूले हिन्दू धर्मभित्र अट्न सक्ने स्थान दलित समुदायको हुँदाहुँदै पनि हेप्ने, चेप्ने र तिरस्कृत गर्ने गरेको कारण जिल्लामा रहेका दलित समुदाय अहिले क्रिश्चियन र अन्य धर्म मान्न बाध्य भइरहेका छन् । हिन्दू धर्मको मूल भावनाअनुसार सांस्कारिक बनाउन पहिलोपटक जिल्लामा पवित्र कान्तिको थालनी गरेका आयोजक संस्था दलित सामुदायिक संस्थाका अध्यक्ष दीपक परियारले बताए । कार्यक्रमको समीक्षा गर्दै आयोजकले यस्ता कार्यक्रम बर्सेनि गर्दै जाने निर्णय गरेको छ । दलित एवम् पिछडिएका समुदायको चेतनाको अभिवृद्धि गर्दै देश निर्माणमा अरूसरह लाग्नेसमेत आयोजकले प्रण गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह