+
Search

ताजा अपडेट +

पपुलर +

रुडेकद्वारा २ सय ७० वटा विद्यालयमा प्रत्यक्ष सहयोग

रुडेकद्वारा २ सय ७० वटा विद्यालयमा प्रत्यक्ष सहयोग
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नुवाकोटका विभिन्न स्थानीय तहमा सामाजिक कार्य गर्दै आएको ग्रामीण विकास तथा सशक्तीकरण केन्द्र (रुडेक नेपाल)को १५औँ साधारणसभा असोज ६ गते शनिबार बट्टारमा सम्पन्न भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

कार्यक्रममा जिल्लामा समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले रुडेक नेपालले समाजको शैक्षिक, आर्थिक तथा सामाजिक रूपान्तरणका लागि गर्दै आएको सेवाको उच्च मूल्याङ्कन गर्नुपर्ने बताए । कार्यक्रममा तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ र शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले संस्थाले विपन्न परिवारको शैक्षिक र आर्थिक अवस्था उकास्न गरिएको कार्यक्रम र जीविकोपार्जनका लागि गरिएको कार्यक्रमले समुदायमा परिवर्तन आएको बताए । रुडेक नेपालले रुम टु रिड नेपाल, एससिएआई अस्ट्रेलिया र जिएनआई नेपाल संस्थासँग समन्वय गरी विकाससँग सम्बन्धित परियोजनामार्फत नुवाकोटका दुई सय ७० वटा विद्यालयमा प्रत्यक्ष सहयोग पु¥याएको संस्थाका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए । उनले दिएको जानकारीअनुसार परियोजनामार्फत विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, पञ्चकन्या गाउँपालिका, सूर्यगढी, दुप्चेश्वर, शिवपुरी, ककनी, लिखु गाउँपालिकाका १३ हजार पाँच जना विद्यार्थी, दुई हजार पाँच सय ७० जना शिक्षक, ६ हजार चार सय ७६ अभिभावक प्रत्यक्ष लाभान्वित भएका छन् । आगामी पाँच वर्षमा पञ्चकन्या, दुप्चेश्वर र तादी गाउँपालिकाको एक सय १८ जना प्राविधिक जनशक्ति उत्पादन गर्न संस्थाले पोष्टबहादुर प्राविधिक शिक्षालयमा १२ जना, बालाजु इन्जिनियरिङ कलेजमा दुईजना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइरहेको छ ।

Suzuki New Bike & Scooter

रुडेक नेपालले विभिन्न निकायसँग सहकार्य गर्दै सामुदायिक विद्यालयको सबलीकरणका लागि आठवटा सामुदायिक विद्यालयमा कम्प्युटर तथा ई-लाइबे्ररी उपकरण हस्तान्तरण गरेको छ । यस आर्थिक वर्षमा पनि उक्त स्वयम्सेवी अभियानलाई निरन्तरता दिई थप अन्य सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापनाका लागि अभियान सञ्चालन गरिने अध्यक्ष केसीले जानकारी दिए । संस्थाले जीविकोपार्जन गतिविधिअन्तर्गत पञ्चकन्या गाउँपालिकाको वडा नम्बर–२ मा ७५ घरपरिवारलाई एक हजार सात सयवटा उन्नत जातको सुन्तलाको बिरुवा वितरण, दुप्चेश्वर गाउँपालिकाको कँडेनीमा दुई सय मुरी लोपोन्मुख बर्खे आलु उत्पादन र बजार प्रवद्र्धनमा सहयोग गर्नुका साथै पञ्चकन्या गाउँपालिका–४ को माथिल्लो भेगमा तरकारी पकेट क्षेत्र निर्माणका लागि किसानसँगको सहकार्यता सुरु गरिएको संस्थाका सचिव राजन आचार्यले बताए । संस्थाले जीविकोपार्जन गतिविधिअन्तर्गत दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष किसान सबलीकरण परियोजनासँग साझेदारी गरी दुप्चेश्वर फूलखेती, बर्खे आलु विस्तार, जडीबुटी प्रवद्र्धन र पञ्चकन्या गाउँपालिकासँग सहकार्य गरी थप्रेक तरकारी व्यवसायीकरण, दुग्ध उत्पादन प्रवद्र्धन र कविलास सुन्तला विकास कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारसँग साझेदारी गर्दै सैद्धान्तिक रणनीति अवलम्बन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा तादी गाउँपालिकाका उपाध्यक्ष सञ्जु प्याकुरेल, पत्रकार महासङ्घ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, पञ्चकन्या बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मणिनाथ लामिछाने, कोसिस नेपालका लोकनाथ गौतम, ग्रामीण स्वावलम्बन विकास केन्द्रका साधुराम सापकोटा, रुम टु रिड नेपालका प्रतिनिधि राधाकृष्ण हुमागाईं, गुड नेबर्स इन्टरनेसनलका दीपक पौडेललगायतले रुडेक नेपालले जिल्लामा पु¥याएको योगदानको कदर गर्दै आगामी दिनमा पनि निरन्तरताका लागि आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह