तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १८ आश्विन २०८०, बिहीबार १२:०३
Buddha Eyes

देशमा अहिले जनप्रतिनिधि र कर्मचारीबीच भ्रष्टाचारको प्रतिस्पर्धा ! बहालवाला मन्त्री, सांसद, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसददेखि खरिदार, अधिकृत, सचिव, पूर्वमुख्यसचिव, पूर्वसचिवसम्मले अकुत सम्पत्ति आर्जनमा लिप्त हुँदा देशमा सङ्घीय व्यवस्थाको हुर्मत ! जिल्लातिर भने प्रहरी प्रशासनसँग साँठगाँठ गरेर वडासदस्य र वडासचिव, वडाध्यक्षदेखि पालिकाका प्रमुख र उपप्रमुख तथा अधिकृतसम्मले दुईपाङ्ग्रेदेखि चारपाङ्ग्रेसम्म दुरुपयोग गर्दा पालिकाको बजेट ॐ नमशिवाय ! प्रहरी र ट्राफिकले पनि देखे-नदेखेकोजस्तो गर्दा बिदाको दिन र अफिस समयभन्दा पछि सवारीसाधनमा परिवार र इष्टमित्रले अवसर पाउँदा सरकारी नम्बर प्लेटका सवारीसाधन ‘पठाओ’मा रुपान्तरण ! भट्टी पसलदेखि खुद्रा र होलसेल पसल सडक जामले नागरिकलाई सास्ती