+
Search

ताजा अपडेट +

पपुलर +

यात्रु सहायता कक्ष सञ्चालन

यात्रु सहायता कक्ष सञ्चालन
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी नुवाकोटको विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालयले सरोकारवालासँग समन्वय गरेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

आइतबारदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए । प्रहरीले विदुर नगरपालिकाको ढुङ्गे र बट्टार बसपार्क, तादी गाउँपालिकाको खरानीटार र लिखु गाउँपालिकाको ढिकुरेमा सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वमा हुने सवारी–साधन तथा यात्रु भिडभाड हुने स्थानमा यात्रु सहायता कक्षको स्थापना गरी यात्रुको गुनासो सुन्न, यात्रा सहज बनाउन, यात्राको क्रममा माल–सामान, नगद चोरी भएमा तत्काल प्रहरीलाई जानकारी गराउनसमेत प्रहरीले अनुरोध गरेको छ । सवारीसाधनले वृद्धवृद्धा, महिला, अपाङ्गता भएकालाई दिनुपर्ने सहुलियत शुल्क तथा सेवा नदिएमा, गन्तव्यमा पु¥याउन सवारीले ढिलाइ गरेमा, तोकिएभन्दा बढी भाडादर लिएमा तत्काल प्रहरीलाई जानकारी गराउन र यात्रालाई सहज बनाउने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ । यसअघि कार्यालयले नुवाकोट जिल्ला प्रवेशका दुई नाका बेलकोटगढी नगरपालिकाको कोल्पुटार र शिवपुरी गाउँपालिकाको गुर्जे भञ्ज्याङमा चेकजाँचको व्यवस्था गरेको थियो । सवारीसाधनको सिट क्षमता, बढी भाडादर, ट्राफिक नियम पालना भए–नभएकोसम्बन्धी चेकजाँच गरी नियमविपरीत सञ्चालन भएका सवारीसाधनलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रहरी प्रमुख थापाले जानकारी दिए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह