+
Search

ताजा अपडेट +

पपुलर +

व्यक्तिगत खर्चमा विद्यार्थीलाई पोसाक वितरण

व्यक्तिगत खर्चमा विद्यार्थीलाई पोसाक वितरण
त्रिशूली प्रवाह
२ साल अगाडी

बट्टार, नुवाकोटको विदुर नगरपालिका-२ बट्टारमा रहेको भीमसेन माविका विद्यार्थीलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र भीमसेन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरजमान श्रेष्ठले व्यक्तिगत खर्चमा पोसाक वितरण गरेका छन् ।

मेयर श्रेष्ठले गत जेठमा विद्यालय व्यवस्थापन समितिको बैठकमा जन्मदिनको अवसरमा विद्यार्थीलाई ट्रयाकसुट सेट वितरण गर्ने घोषणा गरेका थिए । उक्त घोषणाअनुसार शुक्रबार विद्यालयमा भएको विशेष कार्यक्रमबीच विद्यालयमा अध्ययनरत दुई सय ६५ विद्यार्थीलाई ट्रयाकसुट सेटसहितको टिसर्ट वितरण गरिएको थियो । मेयर श्रेष्ठले नगरपालिकाबाट प्राप्त सेवा, सुविधामार्फत र उक्त विद्यालयका वि.व्य.स.का अध्यक्ष सुरजमान श्रेष्ठले व्यक्तिगत खर्चमा उक्त पोसाक खरिद गरेर वितरण गरेका थिए । विद्यालय प्रधानाध्यापक नारायण अधिकारीले सो कार्यक्रममा सहयोगीदाता मेयर र वि.व्य.स.का अध्यक्षलाई धन्यवाद दिँदै विद्यालय भौतिक पूर्वाधारले सम्पन्न बन्दै गएको बताए । विद्यालयमा बोर्डिङ स्कुलमा जस्तै खेल्ने पिङ, चिप्लेटीसहितको सामग्री सेट हाल जापानमा रहेका बट्टारका रूपकमान श्रेष्ठको सहयोगमा निर्माण भइरहेको उनले जानकारी दिए । सो कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मेयर श्रेष्ठले पोसाक सेट वितरण गर्दै सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै शैक्षिक गुणस्तर सुधारमा नगरपालिका लागिरहेको बताए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले यसै शैक्षिक वर्षदेखि नगरपालिकाभित्र रहेका ६० वटै सामुदायिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको एक लाखको दुर्घटना बिमा नगरपालिकाले गरिदिएको जानकारी दिए ।

सो कार्यक्रममा विदुर नगरपालिका-२ का अध्यक्ष दीपक कायस्थ, विद्यालय व्यवस्थापन समितिका सदस्य नारायणप्रसाद अधिकारी, नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, नुवाकोट उद्योग वाणिज्य सङ्घका महासचिव उपेन्द्र बुढाथोकीलगायतले सहयोगदाताको जति प्रशंसा गरे पनि कम हुने बताउँदै सामुदायिक विद्यालय र निजी विद्यालयबीचको खाडल पुर्नुपर्ने धारणा राखेका थिए । विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन बोर्डिङ स्कुलमा रहेको जस्तै खेल सामग्री, अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तकबाट पठन–पाठन गरी अभिभावक र विद्यार्थीलाई आकर्षित गरिरहेको पोसाक सहयोग गर्ने दाता एवम् वि.व्य.स.का अध्यक्ष सुरजमान श्रेष्ठले बताए । उक्त पोसाकको मूल्य तीन लाखभन्दा माथि रहेको प्र.अ. अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह