+
Search

ताजा अपडेट +

पपुलर +

चन्द्रज्योति जिल्लास्तीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

चन्द्रज्योति जिल्लास्तीय तेक्वान्दो प्रतियोगिता सम्पन्न
त्रिशूली प्रवाह
३ साल अगाडी

पिपलटार, नुवाकोट तेक्वान्दो सङ्घ, चन्द्रज्योति तेक्वान्दो डोजाङको आयोजनामा शुक्रबार र शनिबार दोस्रो चन्द्रज्योति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा सामरी तेक्वान्दो डोजाङ प्रथम भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

चन्द्रज्योति माध्यमिक विद्यालय पिपलटारमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले शुक्रबार उद्घाटन गरेर सुरु भएको प्रतियोगिताको समापन बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले शनिबार समापन गरेका थिए । प्रतियोगितामा नुवाकोटसहित रसुवा, धादिङका विभिन्न तौल समूहका तीन सय १० खेलाडीको सहभागिता रहेको थियो । तीन जिल्लाका २१ डोजाङ सहभागी प्रतियोगितामा सामरी डोजाङ आठ स्वर्ण र एक रजत प्राप्त गरी प्रथम भएको छ । त्यसैगरी, धादिङ टिम दुई स्वर्ण, दुई रजत र तीन कांस्य जितेर दोस्रो र सूर्यगढी डोजाङ नुवाकोट दुई स्वर्ण, एक रजत र तीन कांस्य जितेर तेस्रो भएको आयोजक चन्द्रज्योति डोजाङका प्रमुख प्रशिक्षक कवीन्द्र कारञ्जितले जानकारी दिए । विजेता खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथि एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तामाङले सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे । चन्द्रज्योति डोजाङका अध्यक्ष उत्तम ढकालको सभापतित्वमा शनिबार समापन कार्यक्रममा बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहाल, नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेशका अध्यक्ष केशव पुरी, नुवाकोट तेक्वान्दो सङ्घका अध्यक्ष शरण उत्सुक सापकोटा, विदुर नगरपालिका–५ का अध्यक्ष लीलानाथ न्यौपानेलगायतले खेलले अनुशासित नागरिक उत्पादन गर्ने भएकाले स्थानीय निकायले विकास निर्माणका मात्र बजेट विनियोजन गर्न नहुने धारणा राखेका थिए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह