+
Search

ताजा अपडेट +

पपुलर +

जयगणेशको १७औँ साधारणसभा सम्पन्न

जयगणेशको १७औँ साधारणसभा सम्पन्न
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नुवाकोटको विदुर नगरपालिकाभित्र कार्यक्षेत्र रहेको जयगणेश बहुउद्देश्यीय सहकारी संस्था लि.को १७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

विदुर नगरपालिका–२ विदुरमा कार्यालय रहेको सहकारीको साधारणसभाले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गर्दै चालू तथा आगामी आर्थिक वर्षको योजनासमेत पारित गरेको छ । सहकारी संस्थाका अध्यक्ष वैकुण्ठ मिश्रको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षले संस्थाको वार्षिक प्रतिवेदन पेस गरेको थियो । कार्यक्रममा सचिव प्रकाशकुमार अधिकारीले प्रगति प्रतिवेदन र भावी कार्यक्रम, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक नवदीप श्रेष्ठले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष लिस्ना प्रधानले आर्थिक प्रतिवेदन पेस गरेका थिए । सहकारीका चार सय १८ जना सेयर सदस्य रहेको सहकारीको सेयरपुँजी दुई करोड ७१ लाख ७४ हजार एक सय, निक्षेप सङ्कलन दुई करोड ३० लाख ३९ हजार आठ सय ११ रहेको साधारणसभामा जानकारी गराइएको थियो । सहकारीले गत आर्थिक वर्षमा ६ करोड १४ लाख ४४ हजार सात सय ७१ रुपैयाँ कर्जा लगानी गरेको छ । सहकारीले गत आर्थिक वर्षमा ११ लाख ९७ हजार सात सय रुपैयाँ नाफा गर्न सफल भएको छ ।

Suzuki New Bike & Scooter

सहकारीले चालू आर्थिक वर्षमा सेयर पुँजी वृद्धि गरी तीन करोड पु¥याउने, चालू आ.व. मा तीन करोड निक्षेप सङ्कलन गर्ने, कर्जा लगानी वृद्धि गरी आठ करोड पु¥याउने योजना बनाएको सचिव प्रकाशकुमार अधिकारीले जानकारी दिए । साधारणसभाले चालू आ.व.मा सहकारी शिक्षा तालिम, बिमा कार्यक्रम, साझेदारी, लघु कर्जा कार्यक्रम, संयुक्त कार्यक्रम एवम् व्यवसाय गर्नेसमेत योजना तथा कार्यक्रम पारित गरेको छ । साधारणसभामा संस्थाका सेयर सदस्य तथा नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा र संस्थाका अध्यक्ष वैकुण्ठ मिश्रले उत्कृष्ट ऋणी र उत्कृष्ट बचतकर्तालाई सम्मानसमेत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह