+
Search

ताजा अपडेट +

पपुलर +

‘बाडौँ खुसी चढौँ सुजुकी’ दसैँ अफरको रिजाल बने पहिलो बम्पर विजेता

‘बाडौँ खुसी चढौँ सुजुकी’ दसैँ अफरको रिजाल बने पहिलो बम्पर विजेता
त्रिशूली प्रवाह
३ साल अगाडी

काठमाडौं, सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजी अटोमोबाइल्स प्रा.लि.ले ‘बाडौँ खुसी चढौँ सुजुकी’ योजनाका पहिलो बम्पर विजेता घोषणा गरेको छ । आइतबार काठमाडौंको टेकु सोरुममा गरिएको फेसबुक लाइभमार्फत पहिलो बम्पर विजेता घोषणा गरेको हो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

धराननिवासी राजु रिजालले धरानस्थित नवदुर्गा अटो प्यालेसबाट एक्सेस १२५ सिसी बिएस सिक्स स्कुटर खरिद गरेका थिए । यो योजना लागू भएदेखि प्रत्येक १५ दिनमा नेपाल अधिराज्यभरिको खरिदकर्तालाई समावेश गरी गरेको लक्की ड्रमार्फत राजु रिजाल पहिलो विजेता बन्न सफल भएका हुन् । राजु रिजालले पहिलो बम्परमार्फत १० ग्राम सुनको सिक्का जित्न सफल भएका छन् । चाडपर्वको अवसरमा सुजुकीले ल्याएको ‘बाडौँ खुसी चढौँ सुजुकी’ स्किमअन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ पक्का छुट वा कुनै पनि सुजुकी ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा १५ हजार रुपैयाँ तथा अन्य कुनै ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा १० हजार रुपैयाँ थप मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् ।

Suzuki New Bike & Scooter

त्यस्तै, शून्य प्रतिशत फाइनान्सको सुविधाका साथै एक वर्ष रोड ट्याक्स फ्री हुनेसमेत कम्पनीले जनाएको छ । यो स्किमअन्तर्गत हरेक १५ दिनमा लक्की ड्रमार्फत बम्परमा १० ग्राम सुनको सिक्का एकजना ग्राहकलाई उपलब्ध गराउने कुरासमेत कम्पनीले जनाएको छ । नुवाकोटमा विगत १० वर्षदेखि सुजुकी स्कुटर–मोटरसाइकलको आधिकारिक सोरुम बट्टारमा उत्सुक अटोमोबाइल्स रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह