काठमाडौं, नुवाकोटबाट राजधानी आई भाषा, साहित्य, संस्कृति, कला आदि क्षेत्रमा संलग्न स्रष्टाको पहलमा ०६६ असोज घटस्थापनाको दिन गठन भएको त्रिशूली वाङ्मय प्रतिष्ठान साहित्यकार तथा उपप्राध्यापक आरएम (राजुमान) डङ्गोलकै अध्यक्षतामा १५ सदस्यीय समिति पुनः गठन गरिएको छ । नुवाकोट जिल्ला विदुर नगरपालिका–२ का आरएम डङ्गोल साहित्य सिर्जनामा तल्लीन रहेका छन् ।

प्रतिष्ठान समितिका उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल, महासचिवमा राजेन्द्र सागर, सचिवमा लक्ष्मी रुम्बा र कोषाध्यक्षमा पुरु लम्साल तथा सदस्यमा शिवप्रसाद आचार्य, वैरागी जेठा, डा. विक्रम तिमिल्सिना, प्रभाती किरण, पुरु विमल, कृष्णकिसु, उत्तम विचार, जितेन्द्रसिंह ठकुरी, जया ओझा र पूजा श्रेष्ठ रहेका छन् । नुवाकोटबाट राजधानी आई भाषा, साहित्य, संस्कृति, कला आदि क्षेत्रमा संलग्न स्रष्टाका पहलमा ०६६ असोज घटस्थापनाको दिन हरि फुँयालका अध्यक्षतामा स्थापित प्रतिष्ठानले कवि गोष्ठी, पुस्तक–पत्रिका प्रकाशन तथा पर्यटनसँग जोडी नुवाकोट, रसुवा, धादिङ, तनहुँ आदि क्षेत्रमा साहित्य यात्रा, जलयात्राजस्ता कार्यक्रम गरिसकेको छ । प्रतिष्ठानले हरेक वर्ष घटस्थापनाका दिन काठमाडौंमा ‘शारदीय काव्य उत्सव’ आयोजना गर्ने गर्छ । यस वर्ष साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमीका प्रमुख आतिथ्यमा सोमबार सो कार्यक्रम सम्पन्न भइसकेको छ ।






प्रतिक्रिया