+
Search

ताजा अपडेट +

पपुलर +

बजार अनुगमनमा दुई लाखको सामान नष्ट

बजार अनुगमनमा दुई लाखको सामान नष्ट
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, चाडपर्वलाई लक्षित गरी जिल्ला अनुगमन समिति रसुवाले चिलिमे, थम्बुचेत र टिमुरेमा आइतबार बजार अनुगमन गर्दा म्याद सकिएको सामान र अन्तःशुल्क नतिरी रक्सी व्यापार गरेको भेटिएपछि सामान र रक्सी जफत गरी उक्त सामान पत्रकार र नागरिकको रोहवरमा नष्ट गरिएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

नष्ट गरिएको समान सवा दुई लाखबराबरको रहेको वाणिज्य विभागको जिम्मेवारीसमेत रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख वृहस्पति तामाङले बताए । जिल्लास्तरीय संयुक्त बजार अनुगमन टोलीले असोज २८ गते आइतबार जिल्लाको थाम्बुचेत, चिलिमे र टिमुरेका पसल अनुगमन गर्दा केरुङबाट ल्याइएका रक्सी, क्यान बियरलगायत खाद्यान्न म्याद सकिएको दर प्रायजसो दर्ता नभएको पसल छड्केमा परेको घरेलु कार्यालयले जनाएको छ । पछिल्लो समय बजारअनुसार समितिले अनुगमनलाई तीव्रता दिँदै सचेतना र जरिवाना दुवै एकैसाथ अगाडि बढाउँदै सीमापारबाट ल्याएको रक्सी घरेलु प्रयोजनका लागि थोरै ल्याएर घरमा राख्न पाइयो, तर पसल नै राखेर व्यापार गर्नचाहिँ नपाइने भन्दै जफत गरेर नष्ट गरी अबका दिनमा यस्तो कार्य गरेमा जरिवानासहित कारबाही गर्न थालेको छ । बडादसैँलगायत शुभ–दीपावली नजिकिँदै गएकाले र उपभोक्तामाझ गुणस्तरीय खाद्य सामग्री पुगोस् भन्ने उद्देश्यले सरकारी मापदण्डको अधीनमा रही जिल्लाका व्यापारिक क्षेत्रको अनुगमन गरिएको बजार अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीले बताए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह