+
Search

ताजा अपडेट +

पपुलर +

त्रित्रि माविको ‘त्रिभुवन त्रिशूली दर्पण’ विमोचन

त्रित्रि माविको ‘त्रिभुवन त्रिशूली दर्पण’ विमोचन
त्रिशूली प्रवाह
२ साल अगाडी

त्रिशूलीबजार, २००७ सालदेखि नै नुवाकोट, रसुवा र धादिङ जिल्लाको अग्रणी शैक्षिक संस्थाको रूपमा परिचित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको वार्षिक मुखपत्र ‘त्रिभुवन त्रिशूली दर्पण’को विमोचन तथा ०८० सालको विजयादशमी, शुभ–दीपावली, नेपाल संवत् ११४४ तथा छठपर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदान–प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

स्मारिका विमोचन कार्यक्रम तथा दसैँ विशेष कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका थिए । विद्यालयले शैक्षिक विकास तथा भौतिक पूर्वाधार निर्माणमा आफ्नो सधैँ सहयोग रहने प्रतिबद्धतासमेत मन्त्री तामाङले सो अवसरमा व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नवीन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासमा कुनै पनि किसिमको सम्झौता नगरिने अभिव्यक्ति दिए भने उपमेयर प्रभा बोगटीले शैक्षिक विकासका लागि थप कार्ययोजना बनाई विदुर नगरपालिका अगाडि बढ्ने कुरा बताइन् । कार्यक्रममा अमेरिकामा नेपालीले स्थापना गरेको ‘दुई पाइला’नामक संस्थाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि सञ्चालन गरेको निबन्धलेखन प्रतियोगितामा सफल हुने विद्यार्थीका लागि जनही १० हजारको दरले पुरस्कार वितरण गरिएको थियो । सो प्रतियोगितामा सफल हुने विद्यार्थी क्रमशः दिव्याका जोशी, उत्साह खत्री, श्वेता खड्का र सोहना श्रेष्ठ उक्त पुरस्कार प्राप्त गर्न सफल भए । विद्यालयको शैक्षिक गतिविधि उच्चस्तरको बनाउन तथा अतिरिक्त क्रियाकलाप उच्च प्राथमिकता दिई विभिन्न क्रियाकलापमा विद्यार्थीको प्रस्तुतिलाई दसैँ विशेष कार्यक्रममा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सहभागी गराइएको सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिए ।

Suzuki New Bike & Scooter

विद्यालयले स्थापनादेखि नै रसुवा, नुवाकोट र धादिङका विद्यार्थीलाई उच्च गुणस्तरको शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले बताए । नमुना विद्यालयको शैक्षिक संस्थाको रूपमा परिचित यस संस्थाको संस्थागत, भौतिक तथा शैक्षिक गुणस्तरलाई अझ चुस्त–दुरुस्त बनाउँदै आमअभिभावकको मन जित्न सफल हुनुको साथै शैक्षिक गुणस्तरलाई उच्च प्राथमिकतामा राख्नका लागि विद्यालयले विभिन्न कार्यक्रम गर्दै आइरहेको जानकारी उनले सो कार्यक्रममा गराए । विद्यालयमा एक हजार ६ सयभन्दा बढी विद्यार्थी अध्यनरत रहेको र हालसम्म पनि विद्यालयको भौतिक पूर्वाधार विकास हुन नसकेकोमा सरोकारवालाको ध्यानाकर्षण प्रधानाध्यापक राउतले गराएका थिए । अझै पनि विद्यार्थीका लागि विद्यालयबसको अभाव रहेको हुँदा प्रदेश सरकारका माननीय मन्त्रीलाई पहल गरिदिन उनले अनुरोध गरेका छन् । नमुना विद्यालयको रूपमा सञ्चालित यस विद्यालयको शैक्षिक गुणस्तर उच्च रहेकै कारणले हाल कक्षा ११ र १२ मा गरी आठ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विज्ञान, व्यवस्थापन तथा अन्य विषयमा अध्यापन गराइने यस विद्यालमा जिल्लामा नै उत्कृष्ट नतिजा ल्याई आमअभिभावक तथा शिक्षाप्रेमी महानुभावको मन जित्न सफल भएको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको उत्कृष्ट नृत्यकलाले कार्यक्रम थप रोचक तथा स्मरणयोग्य बनाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह