+
Search

ताजा अपडेट +

पपुलर +

चौथो सहिद स्मृति जिल्लास्तरीय जुनियर तेक्वान्दो प्रतियोगितामा बट्टार डोजाङ प्रथम

चौथो सहिद स्मृति जिल्लास्तरीय जुनियर तेक्वान्दो प्रतियोगितामा बट्टार डोजाङ प्रथम
त्रिशूली प्रवाह
२ साल अगाडी

लिखु, थानसिं तेक्वान्दो डोजाङद्वारा आयोजित चौथो सहिद स्मृति जिल्लास्तरीय जुनियर तेक्वान्दो प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, पूर्व युवा तथा खेलकुदमन्त्री तथा प्रतिनिधिसभा क्षेत्र नं. १ नुवाकोटका सदस्य हितबहादुर तामाङले र समापन जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले गरेका थिए ।

Satkar Machinery Center
Utsuk Books & Stationery

समापन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ठकुरीले र लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले विजयी टिम र खेलाडीलाई सिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थियो । नुवाकोटको थनसिंमा भएको उद्घाटन समारोहमा ओलम्पियन पदकधारी विधान लामा, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, काठमाडौं जिल्ला तेक्वान्दो सङ्घका पूर्वअध्यक्ष अशोक खड्Þका, नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष राई, नुवाकोट ताक्वान्दो सङ्घका अध्यक्ष शरण उत्सुक सापकोटालगायत विशिष्ट व्यक्ति तथा सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । सो प्रतियोगितामा १६ डोजाङका एक सय १३ जना रसुवा र नुवाकोटका जुनियर खेलाडीको सहभागिता थियो । पाँच स्वर्ण, दुई रजत र तीन कांस्यसहित बट्टार तेक्वान्दो डोजाङ प्रथम, चार स्वर्ण, चार कांस्यसहित पोखरी तेक्वान्दो डोजाङ द्वितीय र दुई स्वर्ण, चार रजत र ६ कांस्य प्राप्त गरी कोलोनी तेक्वान्दो डोजाङका तेस्रो भएको थियो । प्रतियोगिताको अनुशासित टिम रसुवा भएको थियो । उक्त टिमलाई ट्रफीबाट सम्मानित गरिएको थियो । प्रतियोगितामा फाइटतर्फ उत्कृष्ट पुरुष बट्टारका सुजन राई, महिलातर्फ सुमित्रा तामाङ कोलोनी र पुम्सेतर्फ विशाल तामाङ पोखरी डोजाङका र ङिसिका ओझा बट्टारका खेलाडी रहेको थानसिं डोजाङका प्रमुख कुवेर विश्वकर्माले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह