तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २ कार्तिक २०८०, बिहीबार १२:४६
Buddha Eyes

राजनीति र नेताप्रति जनताले चासो दिन छोडे कि क्या हो ? आजभोलि जिल्लामा हुने औपचारिक कार्जेक्रममा सहभागीको खडेरी ! जिल्लामा यो हप्ता तीनवटा कार्जेक्रममा कतै खेलाडी, कतै विद्यार्थी, त कतै आयोजक र पत्रकारकै भर ! त्रित्रि माविमा प्रदेशका अर्थमन्त्री, युवा तर व्यवहार वृद्ध बालकका बहादुर दादा, चन्द्रज्योतिमा काङ्ग्रेसका वृद्ध नेता सबैका अर्जुनदाइ, बट्टारमा एमालेको शुभकामना आदान–प्रदानमा आइपुगेका महासचिव ईश्वर कमरेडको कार्जेक्रममा दर्शकदीर्घा टिठलाग्दो ! तैपनि हाम्रा नेता बोल्न पनि छोड्दैन, बोल्न पाएनन् भने मनै अमिलो पार्छन् । मंगलबार प्रहरी दिवसमा ठ्याक्कै यस्तै हुँदा काङ्ग्रेस, एमाले र माओवादीका सदाबहार जिल्ला प्रतिनिधिले आसनग्रहण गरे, तर माइक समात्न नपाउँदा मन कुँडाउँदै बिहानको भात बहिष्कार घटनाले प्रहरीको आत्मबल घटाए कि बढाए उनीहरूले जानुन् !