+
Search

ताजा अपडेट +

पपुलर +

आँखा अस्पतालको भवन शिलान्यास

आँखा अस्पतालको भवन शिलान्यास
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा र तिलगंगा आँखा प्रतिष्ठानद्वारा सञ्चालित सामुदायिक आँखा केन्द्रको शल्यक्रिया भवन गत बुधबार शिलान्यास भएको छ ।

१३ महिनाको अवधिमा निर्माण सम्पन्न हुने भवनको लागत दुई करोड २६ लाख रहेको नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाका सभापति हरि श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । केन्द्रले स्थापनादेखि अहिलेसम्म तीन लाख ५० हजार आँखाका बिरामीलाई उपचार सेवा प्रदान गरेको छ भने करिब पाँच सय बिरामीको सफल शल्यक्रियाद्वारा आँखाको ज्योति फर्काइसकेको केन्द्रका प्रमुख ताराबहादुर वाइबाले बताए । नुवाकोट जिल्लामा सहुलियत रूपमा सेवा प्रवाह गर्दै आएको सामुदायिक आँखा केन्द्रका कारण आँखाको उपचारका लागि राजधानी जानुपर्ने बाध्यता हट्ने अपेक्षा लिएको छ । केन्द्रले सामुदायिक कार्यक्रमअन्तर्गत समुदायमा आधारित विद्यालय आँखा स्वास्थ्य, तालिम, जनचेतना र विभिन्न प्रकारका शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह