+
Search

ताजा अपडेट +

पपुलर +

संगम चित्रकलामा अमृता प्रथम

संगम चित्रकलामा अमृता प्रथम
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, जिल्लास्तरीय अन्तरमाध्यमिक विद्यालय चित्रकला प्रतियोगितामा भैरवी माध्यमिक विद्यालयकी अमृता विश्वकर्मा प्रथम भएकी छिन् । संगम बचत तथा ऋण सहकारी संस्था लि.को २७औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित चित्रकला प्रतियोगितामा भैरवी माविकी अमृताले एक सय ६० अङ्क प्राप्त गरी प्रथम भएकी निर्णायक संयोजक शैलेश शाहीले जानकारी दिए ।

Utsuk Books & Stationery

मंगलबार भीमसेन माध्यमिक विद्यालय बट्टारमा भएको प्रतियोगितामा पृथ्वी माविका सारा अर्याल द्वितीय र सोहिल तामाङ तृतीय भएका छन् । यस्तै, प्रतियोगितामा जालपादेवी बोर्डिङ स्कुलका सोफिया तामाङ र त्रिभुवन त्रिशूली माविका साजन तामाङले सान्त्वना प्राप्त गरेका छन् । विजेतालाई आगामी शनिबार (कात्तिक १८ गते) कोलनीमा हुने सहकारीको साधारणसभामा पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिने सहकारीका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । विद्यार्थीभित्र लुकेर बसेका बहुप्रतिभालाई प्रस्फुटन गर्ने माध्यमको रूपमा चित्रकला प्रतियोगिताले टेवा पु¥याउने सहकारीका अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा १३ विद्यालयका २६ छात्रछात्राको सहभागिता रहेको सहकारीका व्यवस्थापक अजयकुमार थापाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह