+
Search

ताजा अपडेट +

पपुलर +

पहाडमा पनि अवसर छ भन्ने सन्देश दिन एमालेको मध्यपाहाडी लोकमार्ग जागरण अभियानको तयारी

पहाडमा पनि अवसर छ भन्ने सन्देश दिन एमालेको मध्यपाहाडी लोकमार्ग जागरण अभियानको तयारी
त्रिशूली प्रवाह
२ साल अगाडी
  • शरण उत्सुक सापकोटा

विदुर, नेकपा (एमाले) ले मध्यपहाडी लोकमार्ग केन्द्रित भएर मंसिरमा अभियान सञ्चालन गर्ने भएको छ । एमालेले कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा मंसिरको अन्तिम साता मध्यपहाडी लोकमार्गको यात्रा गर्दै बृहत पार्टी सुदृढीकरण अभियान शुरु गर्ने भएको छ । यात्राको सम्भाब्यता अध्ययनका लागि एमालेका दुई उपमहासचिवको नेतृत्वमा पूर्व र पश्चिममा अभियान तयारीको लागि टोली खटिएका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

केन्द्रिय कमिटिको निर्णयानुसार पश्चिमको झुलाघाटबाट शुरु गर्ने भनिएको अभियानका लागि सम्भाब्यता अध्ययन गर्न उपमहासचिव विष्णु रिमालको नेतृत्वमा रहेको टोलीले पश्चिमबाट यात्रा शुरू गरेको छ । अर्का उपमहासचिव प्रदिप ज्ञवालीको नेतृत्वमा एमालेका पोलिटब्यूरो सदस्य तिलकुमार मन्याङ्बो, केन्द्रिय सदस्य बसन्त नेम्वाङ, अइन्द्र सुन्दर नेम्वाङ, किरण पौडेल, नेपाल भुपू सैनिक प्रहरी संगठनका अध्यक्ष बिनोद पाण्डेलगायतको टोलीले कोशी प्रदेशको पाँचथर जिल्लाको चिवाभञ्ज्याङदेखि यात्रा शुरू गरेको छ । एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म युवा केन्द्रित अभियानको खाका बनाउने निर्णय गरेको छ । एमालेले २०७४ मा पनि मेची महाकाली अभियान सञ्चालन गरेको थियो । उपमहासचिव प्रदिप ज्ञवालीको नेतृत्वको टोली पूर्व हुँदै सिराहा, सिन्धुली, रामेछाप, दोलखा र काभ्रेको दोलालघाटबाट सिन्धुपाल्चोकको चिसापानी हुँदै सोमबार नुवाकोट आईपुगेको छ । एमालेका उप–महासचिव ज्ञवालीको नेतृत्वको वागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल, केन्द्रिय कमिटि सदस्य डा.खेम लोहनी, केन्द्रिय कमिटि सदस्य किरण पौडेल, नेपाल भुपू सैनिक प्रहरी संगठनका अध्यक्ष बिनोद पाण्डे, प्रदेश कमिटिका सदस्य एवं पूर्वमन्त्री शान्ति पौडेललाई नुवाकोटमा केन्द्रिय सदस्य बिन्दा ढुंगाना, प्रदेश कमिटी सदस्य सञ्जु पण्डित र निर्मला खड्काले स्वागत गर्नुभएको थियो । नुवाकोटमा मध्यपहाडी लोकमार्ग जागरण अभियानको बारेमा उपस्थित एमालेका जिल्ला तथा नगर कमिटिका पदाधिकारी र सदस्यलाई जानकारी गराउँदै उप–महासचिव ज्ञवालीले मध्यपहाडी लोकमार्ग विशेष अभियानलाई प्रभावकारीरूपमा सञ्चालन गर्नका लागि आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभयो । एमालेले आगामी मङ्सिरको दोस्रो हप्ताबाट मध्यपहाडी लोकमार्ग विशेष अभियान सञ्चालन गर्दैछ । सोही अभियानको तयारी तथा अभियान सफल बनाउनका लागि आवश्यक योजना तथा निर्णय गर्न नुवाकोट, रसुवा र धादिङले समन्वय गरेर कार्यक्रम बनाउन उहाँले निर्देशन दिनुभयो ।

Suzuki New Bike & Scooter

२०७३ मा एमालेले जसरी मेची महाकाली अभियान शुरु गरेको थियो । सोहीअनुसार मध्यपहाडी लोकमार्गका साथै हुलाकी राजमार्गमा अभियान सञ्चालन गर्ने एमालेको तयारी छ । यो अभियानले युवालाई पार्टीको काममा सक्रिय बनाउने एमालेको विश्वास छ । छलफलमा वागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले पहाडको बसाई–सराई रोक्न नसके समृद्ध नेपालको परिकल्पना पूरा नहुने बताउनुभएको छ । एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग जागरण अभियानको तयारीको शिलशिलामा उपमहासचिव प्रदिप ज्ञवालीको टिममा नुवाकोटमा आयोजित तयारी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा उहाँले राख्नुभएको हो । ‘पहाडमा पनि अवसर छ भन्ने सन्देश दिनु आजको आवश्यकता हो, पहाडको बसाई–सराई रोक्न नसके समृद्ध नेपालको परिकल्पना पूरा हुन्न,’ उपमहासचिव ज्ञवालीले सो कार्यक्रममा भन्नुभयो । उहाँले विकास गाउँमा र पहाडमा उक्लिने, मानिस भने तराई र सहर पस्ने क्रम बढ्दै गएको बताउनुभयो । सहर र तराईमा जस्तै पहाडमा पनि सम्भावना छ भन्ने सन्देश दिन आवश्यक रहेको उहाँको भनाई छ । नेपालको आर्थिक, सामाजिक विकास र राजनीतिमा पहाडको ठुलो भूमिका रहेको कुरा बिर्सन नहुने उहाँले बताउनुभयो । विकासको मुख्य आधार सडक भएको बताउँदै पहाडको विकासलाई लक्षित गरी नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको परिकल्पना गरेको ज्ञवालीले बताउनुभयो । एमालले सञ्चालन गर्न लागेको मध्यपहाडी पुष्पलाल लोकमार्ग जागरण अभियानले पहाडमा पनि अवसर छ भन्ने सन्देश दिने उहाँले विश्वास ब्यक्त गर्नुभयो । पहाडबाट बसाई सर्ने क्रम रोक्न नसक्न हो भने समृद्ध नेपाल निर्माणको परिकल्पना पूरा नहुने उहाँले प्रष्ट पार्नुभयो । ‘पहाडबाट बसाई–सराईको क्रम रोक्न नसक्ने हो भने समृद्ध नेपालको परिकल्पना पूरा हुँदैन’, ज्ञवालीले भन्नुभयो । जबसम्म पहाड समृद्ध हुँदैन, तबसम्म देश समृद्ध नहुने ज्ञवालीको भनाई छ । ‘जबसम्म पहाडाले विकासको अनुभूति गर्दैन, तबसम्म सिंगो देशले विकासको अनुभूति गर्दैन’, ज्ञवालीले भन्नुभयो । मध्यपहाडी लोकमार्ग नुवाकोटको शिवपुरी गाउँपालिकाको चिसापानी हुँदै छहरे–ढिकुरे–गंगटे–पिपलटार–बुनिबेसी–मुन्थला हुँदै चारघरेबाट कल्याणपुरको रानीस्वारा हुँदै सामरी भन्ज्याङ्गबाट धादिङ प्रवेश गर्छ । यो मार्गको मुन्थलामा बाटो निर्माणमा अवरोध रहेको छ । एमाले मङ्सिर महिनामा महाकालीबाट मध्यपहाडी पुष्पलाल लोकमार्ग जागरण अभियान शुरु गर्दैछ । अभियानको एमाले अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह